हेटौँडा । मकवानपुरको भीमफेदीमा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । भीमफेदी गाउँपालिकाको च्याउखोला भन्ने ठाउँमा चट्याङ लागेर स्थानीय २३ वर्षीय विजय स्याङ्तानको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार उनकी २२ वर्षीया श्रीमती सविना स्याङ्तान उपचार भइरहेको छ ।
जिल्लाको पहाडी क्षेत्रमा अत्यधिक मात्रामा चट्याङका घटना हुने गर्दछ । सरकारी तथा गैह्र सरकारी निकायको चेतना मुलक कार्यक्रम एवम् चट्याङ प्रतिरोधी उपकरण जडानका कारण पछिल्ला वर्षमा चट्याङबाट हुने मृत्युदरमा कमी आएको भएतापनि चट्याङका कारण मानवीय तथा अन्य क्षति हुने जिल्लामध्ये मकवानपुर अग्रपङ्क्तिमै रहेको पाइन्छ । चट्याङका कारण यस जिल्लामा एक वर्षमा ५०/६० जनासम्मको मृत्यु हुने गरेको तथ्याङ्क छ । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
रौतहटमा चट्याङ लागेर २ किशोरको मृत्यु
गुल्मीमा चट्याङ लाग्दा बालिकाको मृत्यु, दुई जना घाइते
हेटौँडामा चट्याङ लागेर एक जनाको मृत्यु
मकवानपुरमा किरिया बसेको घरमा चट्याङ पर्दा एक जनाको मृत्यु, ७ जना घाइते
चट्याङ लागेर ताप्लेजुङमा एक जनाको मृत्यु
चट्याङ लागेर एक महिलाको मृत्यु