काठमाडौँ । सांसदहरुले कोरोना भाइरस अर्थात कोभिड १९ भित्रिन नदिन सरकारले गरेको तयारी कमरोज रहेको भन्दै गति बढाउन सरकारको ध्यानाकषण गराएका छन् ।
उनीहरुले सरकारले अहिलेसम्म चालेको कद चित्त बुझ्दो नभएको भन्दै प्रभावकारी कदम चाल्न समेत माग गरको छन् । उनीहरुले सरकार या कुनै पाटीको मात्रै विषय नभएकाले साझा अभियान सञ्चालन गर्न जरुरी रहेको बताए । काँग्रेसका साँसद गगन थालाले रोग आउन नदिन राष्ट्रिय संकल्प गरेर सर्वपक्षिय रुपमा कार्ययोजना ल्याउनुपनृै आवश्यक ता औँल्याए । उनले आज संसदमा जरुरीइ सार्वजनिम महत्वको प्रस्ताव पेश गर्दै सरकारको गम्भिर ध्यानामकर्षण गराएका हुन् ।
सार्वजनिक प्रस्तावमाथि छलफल गर्दै सांसदहरुले संक्रमण भइहालेमा के गनृै भनेर आवश्यक तयारी अपनाउन समेत सरकारसँग माग गरेका छन् । उक्त प्रस्तावमा सांसदहरु सञ्जयकुमार गौतम, दिव्यमणि राज भण्डारी, राजेन्द्रकुमार केसी र डा नारायण खड्काले समर्थन गरेका छन् ।
सो प्रस्तावमा कोभिड–१९ को जोखिमका हिसाबले १५औँ सम्वेदनशील मुलुकमा रहेकाले यस स्थितिमा पूर्वतयारी र रोकथामका लागि पर्याप्त काम हुन नसकेको तर सरकारबाट उच्चस्तरीय समन्वय समन्वय समिति गठन हुनु सराहनीय रहेको उल्लेख छ ।
प्रस्तावमा उक्त भाइरसबारे आम जनतामा सहि ढङ्गले सूचना दिई नेपाल बाहिर रहेका नेपालीहरुको व्यवस्थापन र नेपाल भित्रिने पर्यटकको व्यवस्थापन गर्न माग गरिएको छ ।
जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्दै सांसद थापाले तयारी गर्दा गर्दै पनि संक्रमण फैलियो भने अहिले नै गर्नुपर्ने काम केहो भन्ने विषयमा तयारी गर्नु जरुरी रहेको बताउनुभयो । उनले भाइरस संक्रमण हुन नदिन सबैको आआफ्नो जिम्मेवारी रहेको बताए । यसका लागि एकीकृत कार्ययोजना आवश्यक भएको सांसद थापाले बताए ।
कसले के काम गर्ने भन्ने कुरा स्पष्ट रुपमा व्यवस्थापन गर्नुपर्छ भन्दै थापाले संसदबाट विशेष नीति बनाएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । बाहिरबाट आएका केही विदेशीहरु सहज रुपमा नेपाल प्रवेश भएको र उनीहरु कहाँ छन् भन्ने बारेमा सरकारले ध्यान दिन नसकेको भन्दै उनले सरकारलाई गम्भिर हुन आग्रह गरे
सो प्रस्तावमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरुले छलफलमा भाग लिँदै कोरोना भाइरसको सम्वेदनशीलतालाई मनन गरी सम्भाव्य जोखिमको न्यूनिकरणका लागि व्यवस्थापकीय प्राविधिक तयारीमा जुट्न आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, २३ फागुन २०७६, २० : १६
लेखकबाट थप