काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट सुरक्षित रहन आवश्यक पर्ने मास्क, ह्यान्ड स्यानिटाइजर, पन्जा, इन्फ्रारेड थर्मामिटर लगायत वस्तुहरूको अभाव हुन थालेको छ । साथै ती वस्तुको मूल्य पनि अस्वाभाविक ढंगले बढेको छ ।
केही दिनअघि बजारमा मास्कको मात्रै अभाव भइरहेकोमा हाल ह्यान्ड स्यानिटाइजर समेत पाइन छोडेको र मूल्य पनि जथाभावी लिन थालिएको अलमेड सर्जिकलका सुदीप घिमिरेले बताए । ह्यान्ड स्यानिटाइजरको मूल्य अहिले भारतमा समेत महँगिएको उनले बताए । कोरोनाको त्रास बढेसँगै वस्तुको माग बढ्दै गएपछि अभाव हुन गई मूल्य बढेको व्यवसायी बताउँछन् ।
विभिन्न बैंक, विद्यालय, तथा कार्यालयबाट समेत ह्यान्ड स्यानिटाइजरको माग बढिरहेकोले अभाव हुन गएको हो । पछिल्लो समय कतिपय विद्यालयले विद्यार्थीलाई ह्यान्ड स्यानिटाइजर र मास्क अनिवार्य गरेका छन् । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रशान्त खड्काले लेखेका छन् ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, २३ फागुन २०७६, ०७ : ०७
लेखकबाट थप