काठमाडौं । युरोप क्षेत्रमा युरोपियन सेन्टर फर डिजिज प्रिभेन्सन एन्ड कन्ट्रोलले कोरोनाको जोखिम न्यूनीकरणको उपाय अपनाएको छ ।
उसको तथ्याङ्कअनुसार सङ्क्रमितमध्ये ७० वर्षमाथिका व्यक्तिको मृत्युदर बढी छ । महिलाका तुलनामा पुरुष बढी छन् । पुरुषमा मृत्युदर २.८ र महिलामा १.७ प्रतिशत छ । यसअनुसार यो उमेर समूहका सङ्क्रमितको मृत्युदर ८ प्रतिशत छ । ६०–६९ वर्षका ३.६ प्रतिशत, ५०–५९ वर्षका १.३० प्रतिशत, ४०–४९ वर्षका ०.४० प्रतिशत, १०–३९ वर्षका ०.२० प्रतिशत र १–९ वर्षका शून्य प्रतिशत मृत्युदर छ ।
कोरोना भाइरस सङ्क्रमण भएका एक हजारमध्ये पाँचदेखि ४० को ज्यान जाने गरेको अनुसन्धानकर्ता बताउँछन् । बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यान्ककका अनुसार मृत्युदर दुई प्रतिशत वा त्योभन्दा कम हुन सक्छ । विभिन्न देशमा सङ्क्रमण पत्ता लगाउने, गणना गर्ने कुरामा एकरूपता नहुँदा मृत्युदर फरक देखिएको ब्रिटेनस्थित इम्पिरिकल कलेजको अनुसन्धानले देखाएको छ ।
चीनमै ४४ हजारभन्दा बढी सङ्क्रमणको विश्लेषणले वृद्ध मानिसको मृत्युदर १० गुणा बढी रहेको पाइएको छ । विश्व स्वास्थ्य सङ्गठन र चीनद्वारा संयुक्त रूपमा गरिएको अध्ययन प्रतिवेदनअनुसार एक ५० वर्षीय पुरुषको मृत्युपछि उसको मुटु, कलेजो र फोक्सो थप परीक्षण गरिएको थियो । यी सबै अङ्ग कोरोनाको सङ्क्रमणले काम गर्न नसक्ने बनाएको थियो । फोक्सोमा निमोनिया र त्यहाँका सेल क्षतविक्षत भएको पाइएको थियो । मुटु, मधुमेह, क्यान्सर तथा अन्य क्रोनिक रोग लागेका व्यक्तिमा कोरोना सङ्क्रमणको जोखिम उच्च रहेको अध्ययनले देखाएको छ । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २२ फागुन २०७६, ०७ : ५७
लेखकबाट थप