कोरोना त्रास : कूटनीतिक नियोगका पूर्वनिर्धारित कार्यक्रम रद्द

पत्रपत्रिकाबाट

विहीबार, २२ फागुन २०७६, ०७ : ०५
कोरोना त्रास : कूटनीतिक नियोगका पूर्वनिर्धारित कार्यक्रम रद्द

काठमाडौं । कोरोना भाइरसको उच्च जोखिमसँगै कूटनीतिक नियोगहरूले पूर्वनिर्धारित कार्यक्रम रद्द गर्न थालेका छन्।

सरकारले गत आइतबार सभा, सम्मेलनलगायतका कुनै कार्यक्रम नगर्न आग्रह गरेपछि नेपालस्थित कूटनीतिक नियोगहरूले पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेका छन्। अमेरिकी दूतावासले २४४औं स्वतन्त्रता दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजना गर्न लागेको कार्यक्रम र कतारले चन्द्रगिरिमा आइतबार गर्ने भनिएको फुड फेस्टिबल रद्द गरिएको छ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वभरका कूटनीतिज्ञलाई अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी नहुन यसअघि नै आग्रह गरिसक्नुभएको छ।

विश्व स्वास्थ्य संगठनले चीनको छिमेकी मुलुक भएकाले नेपाललाई कोरोना भाइरसको उच्च जोखिममा राखेको छ। यस्तै उपत्यकाका तीनवटै जिल्लाका जिल्ला प्रशासन कार्यालयले भीडभाड हुने गरी कार्यक्रम नगर्न सार्वजनिक आग्रह गरेको छ। कोरोना भाइरसको संवेदनशीलतालाई मध्यनजर गर्दै प्रशासनले यस्तो आग्रह गरेको हो। आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस