काठमाडौँ । दैलेखको धरमपोखराबाट सुर्खेत आउँदै गरेको जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार रातानाङ्गला–धरमपोखरा सडकअन्तर्गत पर्ने राउटे गल्छीमा आज कर्णाली प्रदेश ०२–००१ ज ०००७ नम्बरको जीप दुर्घटना भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा सुर्खेतको चिङ्गाड गाउँपालिका– ६ का देवबहादुर खड्का, वीरेन्द्रनगर–१५ का खड्गबहादुर बुढाथोकी, उहाँको श्रीमती गोमा बुढाथोकी रहनुभएको छ । दुर्घटनामा चार जना घाइते हुनुभएको छ । चिङ्गाड गाउँपालिका– ६ का दुर्गाबहादुर गाहा, उहाँको श्रीमती चन्द्राकुमारी गाहा, वीरेन्द्रनगर– ८ का नरे नेपाली र वीरेन्द्रनगर– १६ का लक्ष्मी ज्ञवाली घाइते हुनुभएको छ । जीपमा सात यात्रु सवार हुनुहुन्थ्यो ।
घाइते नरे र चन्द्राकुमारीको अवस्था गम्भीर रहेको बताइएको छ । उहाँहरुको प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवि रावलले जीप अनियन्त्रित भई सडकबाट झण्डै ४०० मिटर तल खसेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २१ फागुन २०७६, १९ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते