काठमाडौँ । दैलेखको धरमपोखराबाट सुर्खेत आउँदै गरेको जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार रातानाङ्गला–धरमपोखरा सडकअन्तर्गत पर्ने राउटे गल्छीमा आज कर्णाली प्रदेश ०२–००१ ज ०००७ नम्बरको जीप दुर्घटना भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा सुर्खेतको चिङ्गाड गाउँपालिका– ६ का देवबहादुर खड्का, वीरेन्द्रनगर–१५ का खड्गबहादुर बुढाथोकी, उहाँको श्रीमती गोमा बुढाथोकी रहनुभएको छ । दुर्घटनामा चार जना घाइते हुनुभएको छ । चिङ्गाड गाउँपालिका– ६ का दुर्गाबहादुर गाहा, उहाँको श्रीमती चन्द्राकुमारी गाहा, वीरेन्द्रनगर– ८ का नरे नेपाली र वीरेन्द्रनगर– १६ का लक्ष्मी ज्ञवाली घाइते हुनुभएको छ । जीपमा सात यात्रु सवार हुनुहुन्थ्यो ।
घाइते नरे र चन्द्राकुमारीको अवस्था गम्भीर रहेको बताइएको छ । उहाँहरुको प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवि रावलले जीप अनियन्त्रित भई सडकबाट झण्डै ४०० मिटर तल खसेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २१ फागुन २०७६, १९ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
आप्रवासी चढेको डुङ्गा दुर्घटना : ६८ जनाको मृत्यु, ७४ बेपत्ता
बर्दघाटमा बस पल्टिँदा १ जनाको मृत्यु, १३ घाइते
सवारी दुर्घटनामा उदयपुरमा १ जनाको मृत्यु
स्कारपियोसंग ठोक्किएर माइक्रो सडकमा पल्टिदा दुई जना घाइते
जर्मनीमा रेल दुर्घटना : तीन जनाको मृत्यु, कयौँ घाइते