काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणमा प्रमुख ७ जना चिकित्सकसहित दर्जनबढी जनशक्ति खटिएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।
प्रत्यारोपणको शल्यचिकित्सा टोलीमा प्राडा उत्तम कुमार शर्मा, प्राडा प्रेम ज्ञवाली, भारतीय चिकित्सक प्राडा अनन्तकुमारलगायतको टोली खटिएको थियो ।
त्यस्तै मिर्गौला प्रत्यारोपण चिकित्सा टोलीमा प्राडा दिव्यासिंह शाह, डा महेश सिग्देल, डा मुकुन्द काफ्ले, डा नवीन नेपालीलगायतको टोली सहभागी रहेको थियो ।
यस्तै एनेस्थेसिया तथा क्रिटिकल केयरतर्फ डा अनिल श्रेष्ठ र प्राडा सुवास कर्माचार्य लगायतको टोलीले सहयोग गरेको थियो
अस्पतालका कार्यकारी निर्देशन प्रेम कृष्ण खड्गाले ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको बुधबार अपरान्ह आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ फागुन २०७६, १६ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विद्या भण्डारी राजनीतिमा आउनु हुन्छ भनेर पार्टीले मानेको र ठानेको छैन: ओली
प्रधानमन्त्रीबाट शिक्षण अस्पतालको विस्तारित सेवा भवनको उद्घाटन
स्पेनमा मान्छे छाडेर आयो भन्दै अराजक तत्वले घटिया प्रचार गरे : प्रधानमन्त्री ओली
‘धरती र जीवन दुवैमा शान्ति छाओस्’: प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली प्रेस मिटमा नबसेपछि परराष्ट्र सचिवले गरे भ्रमणको ब्रिफिङ
नेपाल दक्षिण एसियामै लगानीका लागि अनुकूल वातावरण भएको देश : प्रधानमन्त्री ओली