काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणमा प्रमुख ७ जना चिकित्सकसहित दर्जनबढी जनशक्ति खटिएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।
प्रत्यारोपणको शल्यचिकित्सा टोलीमा प्राडा उत्तम कुमार शर्मा, प्राडा प्रेम ज्ञवाली, भारतीय चिकित्सक प्राडा अनन्तकुमारलगायतको टोली खटिएको थियो ।
त्यस्तै मिर्गौला प्रत्यारोपण चिकित्सा टोलीमा प्राडा दिव्यासिंह शाह, डा महेश सिग्देल, डा मुकुन्द काफ्ले, डा नवीन नेपालीलगायतको टोली सहभागी रहेको थियो ।
यस्तै एनेस्थेसिया तथा क्रिटिकल केयरतर्फ डा अनिल श्रेष्ठ र प्राडा सुवास कर्माचार्य लगायतको टोलीले सहयोग गरेको थियो
अस्पतालका कार्यकारी निर्देशन प्रेम कृष्ण खड्गाले ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको बुधबार अपरान्ह आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ फागुन २०७६, १६ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'२०८२ अब इतिहास भयो' भन्दै ओलीले दिए नयाँ वर्षको शुभकामना
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी
ओलीको रिस बादलमाथि पोखियो, एमालेभित्र नयाँ ध्रुवीकरणको संकेत
ओलीको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश पोखरेलको इजलासमा
पक्राउ परेका एमाले अध्यक्ष ओली अस्पताल भर्ना