काठमाडौँ । नेपाली काँग्रेसले आजैबाट ठुला सभा, सम्मेलन र भेला नगर्ने भएको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी पार्टी निर्णय सार्वजनिक गरेका हुन् ।
नेपाल नेवेल कोरोना भाइरसको उच्च जोखिमा रहेका कारण संक्रमण फैलन नदिन काँग्रेसले पार्टीका ठुला कार्यक्रम स्थगित गर्नुपरेको जनाएको छ । काँग्रेसले कोरोनाबाट सतर्कताका लागि चलाउने अभियानमा सरकारलाई साथ दिने जनाएको छ ।
चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरस ६५ भन्दा बढी देशमा पुगिसकेको छ । विश्व स्वास्थ्य संगठनले नेपाल कोरोनाको उच्च जोखिम मुलुकमा परेको जनाएको छ । यो रोगबाट हालसम्म सबैभन्दा बढि चीनका मानिसहरुको मृत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ फागुन २०७६, १६ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश होइन, संघ होः गगन थापा
कांग्रेसमा शुद्धीकरण, आत्मसमीक्षा र आत्मविश्वास आवश्यक छ : महामन्त्री थापा
कांग्रेस मधेस प्रदेशले वीरगन्जमा दुई दिन प्रशिक्षण कार्यक्रम गर्ने
संसद्को गतिरोधबारे कांग्रेस-रास्वपा छलफल
संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्न खोज्नु अनुचित : नेपाली कांग्रेस
गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन समिति पनि बन्दैन: कांग्रेस