काठमाडौँ । ‘भनिन्छ नि आशाको दियो बलिरह्यो भने शान्ति प्रेम र विश्वासको जग मजबुत तुल्याउनु सकिन्छ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीको यो भनाई सापट लिने हो भने यतिबेलाको माहोल ठ्याक्कै त्यस्तै बनेको छ । मिर्गौला प्रत्यारोपण गर्न शिक्षण अस्पताल छिर्नुअघि उनले बोलेका यि हरफ आम नेपालीको मनमै बिझेको भान हुन्छ । देशको प्रधानमन्त्री बिरामी हुँदा आम नागरिकमाझ आशाको सञ्चार गर्न त्यो भनाईले ठूलै बल दिएको छ ।
‘जसरी खेलका बीचमा राम्रो खेलाडीले मैदान छोड्दैन, त्यसैगरी हाम्रा भर्खर जागृत हुँदै गरेका सपनालाई बीचमा अलपत्र पारेर म पनि अलप हुन्न, संसारमा कोही पनि अजम्बरी छैन, मेरो यो सङ्कल्प पनि अजम्बरी बन्न होइन, हाम्रा जागृत हुँदै गरेका सपनालाई साकार पार्नका लागि हो भन्ने यहाँहरुले बुझ्नु नै भएको छ ।’ देखेका सपना साकार पार्न सबैलाई उर्जा पनि भरे । ओजपूर्ण यि भनाइ पछ्याउदै सोमबारदेखि नै प्रधानमन्त्री ओलीको सु स्वास्थ्यको कामना गर्न थालिएको पनि छ ।
यसरी हुँदैछ तयारी
झण्डै १२ वर्षअघि दुवै मिर्गौलाले काम गर्न छाडेपछि २०६४ साल साउनमा पहिलो पटक उनले मिर्गौला प्रत्यारोपण गराएका थिए । बाह्रबर्ष पश्चात त्यसले काम गर्न छाडेपछि पुन मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भएको हो । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणका लागि भारतबाट चिकित्सक प्रा डा अनन्तकुमार आइसकेका छन् ।
मिर्गौला प्रत्यारोपणको नेतृत्व शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जिकल विभागका प्रमुख प्रा.डा. उत्तमकुमार शर्मा र वरिष्ठ सर्जन प्रा डा प्रेमराज ज्ञवालीले गर्ने छन् । जसरी प्रधानमन्त्रीको अव्जर्भेजस यतिबेला भैरहेको छ । उनलाई मिर्गौला दिने समीक्षा संग्रौलाको पनि अव्जर्भेसन चलिरहेको छ । उनी नाताले ओलीको भान्जी हुन् । चिकित्सक टोलीले दुबैको एकै साथ शल्यक्रिया गरेर मिर्गौला प्रत्यारोपण गर्नेछन् । ओलीको २०६४ मा पहिलोपटक भारतको दिल्लीस्थित एपोलो अस्पतालमा भारतका डा. अनन्तकुमारले प्रत्यारोपण गराएका थिए ।
सोही कारण नेपाली चिकित्सकलाई साथ र सहयोग दिन उनी आएका हुन् । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण बुधबार बिहान ९ बजेदेखि सुरु हुनेछ । त्यस अघि मंगलबार साँझ सम्पूर्ण चिकित्सक टोलीले छलफल गरी योजना बनाउनेछन् । देशकै प्रधानमन्त्रीको शल्यक्रिया सहित मिर्गौला प्रत्यारोपण गर्नु चिकित्सक टोलीको लागि चुनौती र अवसर दुबै बनेको छ । नेपाली चिकित्सा क्षेत्रमा पटकपटक लान्छना लाग्दै आएको छ । धेरै विदेशमा गएर उपचार गर्ने गरेका छन् । नेताहरु पालै पालो गएका बेला प्रधानमन्त्रीले नेपालमै प्रत्यारोपण गर्ने निर्णय गर्नु महत्वपूर्ण हो । यहाँ चिकित्सक सफल भर्ए भने चिकित्सा क्ष्ँेत्रमा लागेको दाग मेटिने छ ।
मंगलबार भने ओलीको डायलासिससहित स्वास्थ्य चेकजाँच सकिएकोे छ । सबै रिपोर्ट सामान्य रहेकाले मिर्गौला प्रत्यारोपण बुधबार नै हुने डा.अरुण सायमीले बताए । मिर्गौला प्रत्यारोपण गर्न करिब ६ देखि ७ घण्टाको समय लाग्ने बताइएको छ ।
सफल प्रत्यारोपणको शुभकामना र शुभेच्छा
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौँमा हुने मिर्गौला प्रत्यारोपणको सफलताको कामना गरेकी छिन् । ट्वीट गर्दै प्रधानमन्त्रीको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी हुन् ।
उपराष्ट्रपति नन्दबहादुर पुनले प्रधानमन्त्री निवासमै पुगेर सफल प्रत्यारोपणको कामना गर्न भ्याए । नेकपा सचिवालय बैठकले यसअघि नै शीघ्र लाभको कामना गरेको थियो । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका नेताहरुले पनि प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गरेका छन् ।
त्यस्तै छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नै ओलीको स्वास्थ्यलाभको कामना गरे ।
प्रधानमन्त्री केपी ओलीले नेपालमै आफ्नो मृगौला प्रत्यारोपण गर्न लागेकाले नेपाल चिकित्सिक संघले सो कार्यको प्रशंसा गरेको छ ।संघले प्रधानमन्त्री ओलीको त्यस निर्णयप्रति उच्च सम्मान प्रकट गरेको हो ।
नेपाली चिकित्सकहरुबाट आफ्नो उपचार गराउने निर्णयलाई नेपाल चिकित्सक संघ उच्च सम्मान प्रकट गर्दछ भनिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला प्रत्यारोपण सफलताको कामनाका लागि देशका उच्चपदस्थदेखि सर्वसाधारणसम्मले विभिन्न माध्यमबाट शुभकामना दिइरहेका छन् ।
राजनीतिक नेतृत्वदेखि, कर्मचारी, स्वदेश र विदेशका विभिन्न पेशा व्यवसायी प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष ओलीको स्वास्थ्यलाभको कामना गरिरहेका छन् । सामाजिक सञ्जालमा स्वास्थ्यलाभको कामना गर्नेको लर्को लागेको छ । आरोहण, गुरुकुल र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका तर्फबाट कलाकार निशा शर्मा पोखेरेलले भनेकी छिन्, प्रधानमन्त्री केपी शर्मा ओली ज्यूको शिघ्र स्वास्थ्य लाभको कामनाको साथै सफल मिर्गौला प्रत्यारोपणको कामना ।
कोरियाबाट रमेश शर्माले शुभेच्छा व्यक्त गरेका छन् । लक्ष्मीबाबु घिमिरेले युएइबाट शुभेच्छा जनाएका छन् । नेपालका दूर गाउँपालिका र विभिन्न संघसंस्थाका प्रतिनिधि र नेतृत्व तहका व्यक्तिले पनि स्वास्थ्य लाभ सहित सफल मिर्गौला प्रत्यारोपणको कामना गरेका छन् । अन्य सामाजिक सञ्जाल फेसबुक, ट्वीटर आदिमा पनि शुभेच्छा व्यक्त भैरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० फागुन २०७६, २० : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विद्या भण्डारी राजनीतिमा आउनु हुन्छ भनेर पार्टीले मानेको र ठानेको छैन: ओली
प्रधानमन्त्रीबाट शिक्षण अस्पतालको विस्तारित सेवा भवनको उद्घाटन
स्पेनमा मान्छे छाडेर आयो भन्दै अराजक तत्वले घटिया प्रचार गरे : प्रधानमन्त्री ओली
‘धरती र जीवन दुवैमा शान्ति छाओस्’: प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली प्रेस मिटमा नबसेपछि परराष्ट्र सचिवले गरे भ्रमणको ब्रिफिङ
नेपाल दक्षिण एसियामै लगानीका लागि अनुकूल वातावरण भएको देश : प्रधानमन्त्री ओली