काठमाडौँ । ‘भनिन्छ नि आशाको दियो बलिरह्यो भने शान्ति प्रेम र विश्वासको जग मजबुत तुल्याउनु सकिन्छ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीको यो भनाई सापट लिने हो भने यतिबेलाको माहोल ठ्याक्कै त्यस्तै बनेको छ । मिर्गौला प्रत्यारोपण गर्न शिक्षण अस्पताल छिर्नुअघि उनले बोलेका यि हरफ आम नेपालीको मनमै बिझेको भान हुन्छ । देशको प्रधानमन्त्री बिरामी हुँदा आम नागरिकमाझ आशाको सञ्चार गर्न त्यो भनाईले ठूलै बल दिएको छ ।
‘जसरी खेलका बीचमा राम्रो खेलाडीले मैदान छोड्दैन, त्यसैगरी हाम्रा भर्खर जागृत हुँदै गरेका सपनालाई बीचमा अलपत्र पारेर म पनि अलप हुन्न, संसारमा कोही पनि अजम्बरी छैन, मेरो यो सङ्कल्प पनि अजम्बरी बन्न होइन, हाम्रा जागृत हुँदै गरेका सपनालाई साकार पार्नका लागि हो भन्ने यहाँहरुले बुझ्नु नै भएको छ ।’ देखेका सपना साकार पार्न सबैलाई उर्जा पनि भरे । ओजपूर्ण यि भनाइ पछ्याउदै सोमबारदेखि नै प्रधानमन्त्री ओलीको सु स्वास्थ्यको कामना गर्न थालिएको पनि छ ।
यसरी हुँदैछ तयारी
झण्डै १२ वर्षअघि दुवै मिर्गौलाले काम गर्न छाडेपछि २०६४ साल साउनमा पहिलो पटक उनले मिर्गौला प्रत्यारोपण गराएका थिए । बाह्रबर्ष पश्चात त्यसले काम गर्न छाडेपछि पुन मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भएको हो । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणका लागि भारतबाट चिकित्सक प्रा डा अनन्तकुमार आइसकेका छन् ।
मिर्गौला प्रत्यारोपणको नेतृत्व शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जिकल विभागका प्रमुख प्रा.डा. उत्तमकुमार शर्मा र वरिष्ठ सर्जन प्रा डा प्रेमराज ज्ञवालीले गर्ने छन् । जसरी प्रधानमन्त्रीको अव्जर्भेजस यतिबेला भैरहेको छ । उनलाई मिर्गौला दिने समीक्षा संग्रौलाको पनि अव्जर्भेसन चलिरहेको छ । उनी नाताले ओलीको भान्जी हुन् । चिकित्सक टोलीले दुबैको एकै साथ शल्यक्रिया गरेर मिर्गौला प्रत्यारोपण गर्नेछन् । ओलीको २०६४ मा पहिलोपटक भारतको दिल्लीस्थित एपोलो अस्पतालमा भारतका डा. अनन्तकुमारले प्रत्यारोपण गराएका थिए ।
सोही कारण नेपाली चिकित्सकलाई साथ र सहयोग दिन उनी आएका हुन् । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण बुधबार बिहान ९ बजेदेखि सुरु हुनेछ । त्यस अघि मंगलबार साँझ सम्पूर्ण चिकित्सक टोलीले छलफल गरी योजना बनाउनेछन् । देशकै प्रधानमन्त्रीको शल्यक्रिया सहित मिर्गौला प्रत्यारोपण गर्नु चिकित्सक टोलीको लागि चुनौती र अवसर दुबै बनेको छ । नेपाली चिकित्सा क्षेत्रमा पटकपटक लान्छना लाग्दै आएको छ । धेरै विदेशमा गएर उपचार गर्ने गरेका छन् । नेताहरु पालै पालो गएका बेला प्रधानमन्त्रीले नेपालमै प्रत्यारोपण गर्ने निर्णय गर्नु महत्वपूर्ण हो । यहाँ चिकित्सक सफल भर्ए भने चिकित्सा क्ष्ँेत्रमा लागेको दाग मेटिने छ ।
मंगलबार भने ओलीको डायलासिससहित स्वास्थ्य चेकजाँच सकिएकोे छ । सबै रिपोर्ट सामान्य रहेकाले मिर्गौला प्रत्यारोपण बुधबार नै हुने डा.अरुण सायमीले बताए । मिर्गौला प्रत्यारोपण गर्न करिब ६ देखि ७ घण्टाको समय लाग्ने बताइएको छ ।
सफल प्रत्यारोपणको शुभकामना र शुभेच्छा
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौँमा हुने मिर्गौला प्रत्यारोपणको सफलताको कामना गरेकी छिन् । ट्वीट गर्दै प्रधानमन्त्रीको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी हुन् ।
उपराष्ट्रपति नन्दबहादुर पुनले प्रधानमन्त्री निवासमै पुगेर सफल प्रत्यारोपणको कामना गर्न भ्याए । नेकपा सचिवालय बैठकले यसअघि नै शीघ्र लाभको कामना गरेको थियो । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका नेताहरुले पनि प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गरेका छन् ।
त्यस्तै छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नै ओलीको स्वास्थ्यलाभको कामना गरे ।
प्रधानमन्त्री केपी ओलीले नेपालमै आफ्नो मृगौला प्रत्यारोपण गर्न लागेकाले नेपाल चिकित्सिक संघले सो कार्यको प्रशंसा गरेको छ ।संघले प्रधानमन्त्री ओलीको त्यस निर्णयप्रति उच्च सम्मान प्रकट गरेको हो ।
नेपाली चिकित्सकहरुबाट आफ्नो उपचार गराउने निर्णयलाई नेपाल चिकित्सक संघ उच्च सम्मान प्रकट गर्दछ भनिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला प्रत्यारोपण सफलताको कामनाका लागि देशका उच्चपदस्थदेखि सर्वसाधारणसम्मले विभिन्न माध्यमबाट शुभकामना दिइरहेका छन् ।
राजनीतिक नेतृत्वदेखि, कर्मचारी, स्वदेश र विदेशका विभिन्न पेशा व्यवसायी प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष ओलीको स्वास्थ्यलाभको कामना गरिरहेका छन् । सामाजिक सञ्जालमा स्वास्थ्यलाभको कामना गर्नेको लर्को लागेको छ । आरोहण, गुरुकुल र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका तर्फबाट कलाकार निशा शर्मा पोखेरेलले भनेकी छिन्, प्रधानमन्त्री केपी शर्मा ओली ज्यूको शिघ्र स्वास्थ्य लाभको कामनाको साथै सफल मिर्गौला प्रत्यारोपणको कामना ।
कोरियाबाट रमेश शर्माले शुभेच्छा व्यक्त गरेका छन् । लक्ष्मीबाबु घिमिरेले युएइबाट शुभेच्छा जनाएका छन् । नेपालका दूर गाउँपालिका र विभिन्न संघसंस्थाका प्रतिनिधि र नेतृत्व तहका व्यक्तिले पनि स्वास्थ्य लाभ सहित सफल मिर्गौला प्रत्यारोपणको कामना गरेका छन् । अन्य सामाजिक सञ्जाल फेसबुक, ट्वीटर आदिमा पनि शुभेच्छा व्यक्त भैरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० फागुन २०७६, २० : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'२०८२ अब इतिहास भयो' भन्दै ओलीले दिए नयाँ वर्षको शुभकामना
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी
ओलीको रिस बादलमाथि पोखियो, एमालेभित्र नयाँ ध्रुवीकरणको संकेत
ओलीको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश पोखरेलको इजलासमा
पक्राउ परेका एमाले अध्यक्ष ओली अस्पताल भर्ना