काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व प्रहरी नायव महानिरीक्षक (डिआइजी) महेशविक्रम शाह लगायत ४ जनाविरुद्ध आरोपपत्र दायर गरेको छ । आयोगले मंगलबार शाहसहित ४ जनाविरुद्ध आर्थिक अनियमितता गरेको भन्दै आरोपपत्र दायर गरेको हो ।
शाहमाथि मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र चितवन भरतपुर र मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौली (सिन्धुली) मा कार्यरत रहँदा आर्थिक अनियमितता गरेको आरोप लगाइएको छ । शाहसहित लेखापाल प्रहरी नायब निरीक्षक दिपेन्द्रप्रसाद पनेरु, लेखा सहायक (प्रहरी हवल्दार) केशवसिंह ऐर र कोष तथा लेखा नियन्त्रक सञ्जिव विशंखेमाथि आर्थिक अनियमितता गरेको भन्दै आरोपपत्र दायर गरिएको हो ।
शाह, पनेरु र लेखा सहायकसमेतको मिलेमतोमा अन्यत्र सरुवा भई सकेका प्रहरी जवानहरुको ०७२ साल माघ र फागुन महिनाको तलव भत्ता भ्रष्टाचार गरेको भन्ने उजुरीका आधारमा अरोपपत्र दायर गरिएको अख्तियारको दाबी छ । मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र, दुधौली सिन्धुलीमा कार्यरत हुँदा आर्थिक वर्ष २०७२/०७३ मा शाह कार्यालय प्रमुखको रुपमा कार्यरत थिए भने पनेरु लेखापाल प्रहरी नायब निरीक्षक तथा ऐरी लेखा सहायक पदमा कार्यरत थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० फागुन २०७६, २० : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला शिक्षा अधिकारी र प्रधानाध्यापकसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्धा
खरिदार र बिचौलियाविरुद्धको भ्रष्टाचार मुद्दामा प्रतिकूल अभिव्यक्ति दिएको आरोपमा मुद्धा दायर
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
लेखा अधिकृतसहित तिन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अधिकृत विरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावलोकन