काठमाडौं । कोरोना भाइरसको सम्भावित जोखिम नियन्त्रणका लागि सङ्क्रमण भेटिएका मुलुकबाट दुवैतर्फी उडान रोक्न पर्यटन व्यवसायीले सुझाएका छन् । छिमेकी मुलुक चीनको वुहान शहरबाट फैलिएको कोभिड–१९ को प्रभाव अहिले विश्वका ६० भन्दा बढी मुलुकमा विस्तार भइसकेका अवस्थामा अन्तरराष्ट्रिय यात्रुको आवतजावत नियन्त्रण गरी कोरोनाको सम्भावित जोखिमबाट बच्न विशेष सतर्कता अपनाइनुपर्नेमा उनीहरुको जोड छ ।
नेपालले कोभिड–१९ को जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि सजकता अपनाए पनि यसलाई अझै प्रभावकारी बनाइनुपर्ने सरोकार भएकाको भनाइ छ । विदेशी यात्रुको आवतजावत हुने मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको छ । यसलाई थप जनशक्ति र उपकरणयुक्त प्रभावकारी बनाउन तथा भाइरस भेटिएका मुलुकबाट आउने मुलुकका नागरिकलाई विशेष निगरानीमा राख्न पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराइसकिएको छ ।
ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले कोरोना भेटिएका मुलुकबाट नेपालमा हुने तथा यहाँबाट तत्त् मुलुकमा हुने अन्तरराष्ट्रिय उडान स्थगन गर्न तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आग्रह गरिसकिएको बताए । ‘कोरोनाको त्रासले नेपालको पर्यटन क्षेत्र मात्र नभई समग्र अर्थतन्त्रमा नकारात्मक असर पर्ने खतरा बढेको छ, यसको जोखिम नियन्त्रणका लागि विशेष सावधानी अपनाउनुपर्छ’, उनले भने, ‘कोरोनाको सम्भावित सङ्क्रमणको विषय अन्तरराष्ट्रिय यात्रुको आगमनसँग जोडिएकाले सम्बन्धित मुलुकका हवाई सेवा बन्द गर्नुपर्छ ।’
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २० फागुन २०७६, १९ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै