काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको भोलि बुधबार बिहान ९ बजेदेखि मिर्गौला प्रत्यारोपण सुरु गरिने भएको छ।
नेपाली चिकित्सकहरूको टोलीले बुधबार बिहान ९ बजेदेखि प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण सुरु गर्ने त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा अरुण सायमीले जानकारी दिए। सञ्चारकर्मीहरूसँगको कुराकानीको क्रममा प्रा डा सायमीले भने, ‘प्रधानमन्त्रीज्युको मिर्गौला प्रत्यारोपन बुधबार बिहान ९ बजेदेखि सुरु गरिनेछ।’
प्रा डा सायमीले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपन कार्य करिब तीनघण्टा लाग्ने पनि जानकारी दिए। उनले त्रिवि शिक्षण अस्पताल युरोलोजी तथा ट्रान्सल्पान्ट विभागका प्रा डा प्रेमराज ज्ञवाली नेतृत्वको नेपाली चिकित्सकको टोलीले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपन गर्ने जानकारी दिए। त्यस्तै भारतीय मिर्गौला प्रत्यारोपन विशेषज्ञ डा अमित कुमार नेतृत्वको विदेशी चिकित्सकहरूको एक टोलीपनि तयारी अवस्थामा राखिएको छ। विदेशी विशेषज्ञ चिकित्सकको टोलीले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपन कार्यको प्रत्यक्ष निगरानी गर्नेछ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
जेन जी आन्दोलनपछि पहिलो पटक बालकोट पुगे ओली
राष्ट्रमाथि खडा भएको चुनौतीलाई सामना गरौं : ओली
ओलीको जिकिर : ‘अहिलेको सरकार बलमिच्याँइले बनेको हो, संवैधानिक छैन’
प्रधानमन्त्री ओलीले दिए राजीनामा
सामान्य दुर्घटनालाई लिएर विधान महाधिवेशन भाँड्न खोजियो : ओली
यस्तो छ एमालेले चाहेको नेपाली विशेषताको समाजवाद (दस्ताबेज)