विमानस्थलमा जोखिममा सेवा गर्ने स्वास्थ्यकर्मीलाई जम्मा तीन सय भत्ता

मंगलबार, २० फागुन २०७६, ०७ : २८
विमानस्थलमा जोखिममा सेवा गर्ने स्वास्थ्यकर्मीलाई जम्मा तीन सय भत्ता

काठमाडौं । संक्रामक रोगको पहिचान गर्न सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ०७० मा नै हेल्थ डेस्कको स्थापना गरेको थियो । अहिले कोरोना भाइरसको प्रकोप देखिएपछि सरकारले हेल्थ डेस्कलाई केही व्यवस्थित बनाएको छ ।

स्वास्थ्य मन्त्रालयले विमानस्थलमा आठजना स्वास्थ्यकर्मी परिचालन गरेको छ । तर, उनीहरूलाई जोखिम उच्च र सुविधा न्यून भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले नै स्वीकार गरेको छ । हेल्थ डेस्कमा रहेर जोखिमयुक्त काम गर्ने स्वास्थ्यकर्मीलाई स्थापनाताका १२ सय रुपैयाँ दैनिक भत्ता दिँदै आएकोमा सरकारले कटाएर तीन सयमा सीमित बनाएको टेकु अस्पतालका प्रशासन प्रमुख रूपनारायण खतिवडाले बताए ।

तीन सय भत्ताले विमानस्थलमा कफी खानसमेत गाह्रो हुन्छ । अझ, सरकारले यातायातको समेत व्यवस्था नगर्दा रातको समयमा आफ्नै पैसा तिरेर घर फर्कनुपरेको त्यहाँ कार्यरत स्वास्थ्यकर्मी बताउँछन् । नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस