काठमाडौं । कोरोना भाइरसको (कोभिड–१९) बढ्दो त्रासलाई मध्यनजर गर्दै सरकारले विदेशमा अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीलाई तत्कालका लागि ‘नो अब्जेक्सन लेटर’ (एनओसी) नदिने भएको छ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ती देशको यथास्थितिबारे जानकारी नभइन्जेलसम्म एनओसी नदिने स्पष्ट पार्दै भने– ‘अहिले नो अब्जेक्सन लेटर दिई ती विद्यार्थीलाई नै उद्धार गरी स्वदेश ल्याउने अवस्था आएकाले तत्काल नदिने निर्णय भएको हो।
उहाँका अनुसार चीन, दक्षिण कोरिया, जापान, इटाली, इरान र सिंगापुरमा पूर्ण रूपमा एनओसी दिने प्रकृयामा रोक लगाइएको छ भने अन्य देशको हकमा राजदूतावास र अन्य निकायसँग छलफल गरी निर्णय गरिनेछ। सबै देशमा रहेका विद्यार्थी र नेपाली नागरिकको सुरक्षा गर्नु सरकारको दायित्व भएकाले ती मुलुकमा एनओसी दिने प्रकृया हालका लागि स्थगित गरेको मन्त्री पोखरेलको भनाइ छ । नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस