काठमाडौं । जिल्ला अदालत मकवानपुरले हेटौँडाका तेस्रोलिङ्गी अजिता भुजेलको हत्या गरेको आरोपमा पाँच जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
उक्त अदालतले भुजेलको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका हेटौँडा–४ बस्ने २४ वर्षीय आशिष बल, हेटौँडा–१४ बस्ने २१ वर्षीय हम्चर भनिने बुद्ध लामा, हेटौँडा–९ बस्ने १८ वर्षीय भापु भनिने सिमोन परियार तथा हेटौँडा–४ का घनटाउके भनिने सुशील थापा मगर र सोनम गोलेलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।
जिल्ला न्यायाधीश कमलराज विष्टको आजको एकल इजलासले उक्त आदेश दिएको हो । गत माघ ४ गते बिहान हेटौँडा–५ क्याम्पाडाँडामा भुजेलको शव फेला परेको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १९ फागुन २०७६, २१ : २१
लेखकबाट थप