इरानमा कोरोना भाइरसका कारण थप १२ को मृत्यु

रासस

सोमबार, १९ फागुन २०७६, २० : ५६
इरानमा कोरोना भाइरसका कारण थप १२ को मृत्यु

इरान । इरानमा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुने थप सङ्क्रमितको सङ्ख्या १२ भएको इरानी अधिकारीले सोमबार बताएका छन् । यससँगै इरानमा कोभिड–१९ भनिने यस भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या कूल ६६ पुगेको छ ।

इरानमा अघिल्लो दिन ५२३ जनामा सङ्क्रमण पुष्टि भएको जनाइएकोमा सोमबार यो सङ्ख्या तेब्बर बढेर एक हजार ५०१ पुगेको बताइएको छ ।  इरानका उप–स्वास्थ्यमन्त्री अलिरेजा राइसीले सोमबार एक पत्रकार सम्मेलन गरी भने, ‘इरानमा मार्च २ को रातिसम्म मृत्यु हुने विरामीको सङ्ख्या ६६ पुगेको र सङ्क्रमणका कारण एक हजार ५०१ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।’  

प्रतिक्रिया दिनुहोस