काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि आज साँझ ६ बजे अस्पताल भर्ना भएका छन् ।
उनको बुधबार मिर्गौला प्रत्यारोपण हुनेछ । ओलीलाई भान्जीले मिर्गौला दिनेछिन् । भान्जी पनि आज सोमबार नै अस्पताल भर्ना भइसकेकी छन् ।
अस्पताल भर्ना जानुअघि भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले पुनः मिर्गौला प्रत्यारोपणपछि थप उर्जा र आत्मविश्वास लिएर काममा फर्किने विश्वास व्यक्त गरेका छन् ।
अस्पताल भर्ना हुनुअघि ओलीले विभिन्न मन्त्रीहरु र सचिवहरुलाई बालुवाटार बोलाएर आवश्यक निर्देशन दिएका थिए ।
यसअघि दिल्लीमा मृर्गौला प्रत्यारोपण गरेका ओलीले दोस्रो प्रत्यारोपण भने स्वदेशमै गर्ने इच्छा जनाएपछि आज सोमबार त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ फागुन २०७६, १८ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी
अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ : ओली
लोकतान्त्रिक परिपाटीको सुदृढीकरण आजको आवश्यक : ओली
ब्यक्तिगत आउनेलाई स्वागत गर्ने तर पार्टी बनाएर आउनेसँग एकता नहुने ओलीको घोषणा
जेन जी आन्दोलनपछि पहिलो पटक बालकोट पुगे ओली
राष्ट्रमाथि खडा भएको चुनौतीलाई सामना गरौं : ओली