कोरोना त्रासले विभिन्न देशमा कार्यरत नेपाली स्वदेश फर्कन थाले

पत्रपत्रिकाबाट

सोमबार, १९ फागुन २०७६, ०६ : ४८
कोरोना त्रासले विभिन्न देशमा कार्यरत नेपाली स्वदेश फर्कन थाले

श्रम गन्तव्यमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि त्यहाँ कार्यरत कतिपय नेपाली स्वदेश फर्कन थालेका छन् ।

कोरिया, जापान, कतार र यूयईलगायत श्रम गन्तव्यमा संक्रमणदर बढ्न थालेपछि त्यहाँ कार्यरत नेपाली फर्कन थालेका हुन् । 

कतिपय संक्रमित देशले अध्यागमन क्षेत्रबाटै कतिपय नेपालीलाई फर्काएका छन् । संक्रमित देशबाट नेपाल फर्कने क्रम बढेसँगै नेपाल सरकारले पनि केही श्रम गन्तव्य जान रोक लगाउने तयारी गरेको छ । यो समाचार आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस