सरकारले चीनका लागि नेपाली राजदूतलाई फिर्ता बोलायो, सचिवको पनि सरुवा

सफल खबर संवाददाता

आइतबार, १८ फागुन २०७६, २२ : ४९
सरकारले चीनका लागि नेपाली राजदूतलाई फिर्ता बोलायो, सचिवको पनि सरुवा

काठमाडौं ।  नेपाल सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाएको छ । उनलाई सरकारले १५ दिनभित्र नेपाल फिर्ता हुन भनेको छ  ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई फिर्ता बोलाउने निर्णय गरेको हो।   उनलाई फिर्ता बोलाउनुको कारण खुल्न सकेको छैन। यस्तै बैठकले भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिवलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ।

त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिवालाई उद्योग तथा वाणिज्य मन्त्रालयमा सरुवा गरिएको छ  ।

प्रतिक्रिया दिनुहोस