काठमाडौँ । समस्याग्रस्त सहकारीलाई व्यवस्थापन गर्ने जिम्मेवारी पाएको समस्याग्रस्त सहकारी संघ÷संस्था व्यवस्थापन समितिमा सरकारले विज्ञ सदस्यका रूपमा सहकारी क्षेत्रमा अनुभव नै नभएका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी कार्यकर्तालाई नियुक्त गरेको भेटिएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालको सिफारिसमा मन्त्रिपरिषद्ले समितिको विज्ञ सदस्यमा ममतादेवी शर्मा उपाध्याय र सरस्वतीदेवी भट्टराईलाई नियुक्ती दिएको हो ।
सहकारी क्षेत्रको विज्ञका रूपमा नियुक्ति दिएपनि उनीहरूसँग सहकारी क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा काम गरेको अनुभव छैन ।कारोबार दैनिकले यो खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
खारेज भएका ८ कर्मचारी संगठनका भवन ३ दिनभित्र खाली गराउन मन्त्रालयको निर्देशन
३४ जना बचतकर्ताको बचत रकम फिर्ता
सुरु भयो सहकारीको बचत फिर्ता
सहकारी बचत फिर्ता ऋण असुलीबाट गरिने
समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता जेठ पहिलो सातादेखि सुरु हुने
महिलालाई आत्मनिर्भर बनाउँदै सहकारी