काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका विभिन्न १३ विभागका प्रमुखहरुको मनोनयन गरेका छन् ।
नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम देउवाले केन्द्रीय विभागका प्रमुखमा मनोनयन गरेका हुन् ।
विभाग प्रमुखको नामावली
१ गोपालमान श्रेष्ठ संगठन विभाग
२ रमेश रिजाल संघीय मामिला तथा प्रदेश समन्वय विभाग
३ फरमूल्लाह मन्सुर मुस्लिम विभाग
४ अर्जुनप्रसाद जोशी स्थानीय तह समन्वय विभाग
५ आनन्दप्रसाद ढुंगाना वित्तिय तथा सहकारी संस्था समन्वय विभाग
६ अजयकुमार चौरसिया तराई–मधेश समन्वय विभाग
७ महेन्द्र यादव यातायात व्यवसायी समन्वय विभाग
८ शंकर भण्डारी तरुण विभाग
९ सीता गुरुङ आदिवासी जनजाति विभाग
१० गोविन्द भट्टराई नेपाली जनसम्पर्क समिति समन्वय विभाग
११ चिनकाजी श्रेष्ठ उद्योग व्यापार विभाग
१२ विश्वप्रकाश शर्मा (प्रवक्ता) सूचना, संचार तथा प्रचार विभाग
१३ शिवप्रसाद हुमागाँइ श्रमिक तथा टे«ड युनियन विभाग
यस्तै देउवाले पार्टीको विधान तथा नियमावलीको व्यवस्था बमोजिम ५ जना केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्य समेत मनोनयन गरेका छन् ।
देउवाले कृष्ण किशोर घिमिरे (दाङ), गोपालकुमार बस्नेत (झापा), सुधीरकुमार शिवाकोटी (झापा), मनोहर नारायण श्रेष्ठ (धनकुटा) र ध्रुव वाग्ले (तनहुँ) सो पदमा मनोनयन गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ फागुन २०७६, २१ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस मधेस प्रदेशले वीरगन्जमा दुई दिन प्रशिक्षण कार्यक्रम गर्ने
संसद्को गतिरोधबारे कांग्रेस-रास्वपा छलफल
संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्न खोज्नु अनुचित : नेपाली कांग्रेस
गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन समिति पनि बन्दैन: कांग्रेस
‘देशको आर्थिक उन्नयनका निम्ति ऊर्जा क्षेत्रको विकास अपरिहार्य छ’: डा. महत
सानेपाको अपार्टमेन्टमा कांग्रेसका पूर्वपदाधिकारीको छलफल