काठमाडौँ । एसीसी इस्टर्न रिजन टि २० क्रिकेट प्रतियोगितामा मलेसियाले नेपाललाई ११ वर्षपछि २२ रनले पराजित गरेको छ। शनिबार थाइल्यान्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५४ रन बनाएको थियो।
मलेसियाले दिएको लक्ष्यलाई नेपालले पूरा गर्न सकेन। नेपालले १९।५ ओभरमा अलआउट हुँदै १३२ रनमा मात्र सीमित भयो। ओपनरको रूपमा क्रिजमा कुशल मल्ल र ज्ञानेन्द्र मल्ल उत्रिएका थिए।
कुशल मल्लको शून्य रनमा क्याच आउट भए भने ज्ञानेन्द्र मल्ल ३८ रन ३ चौका १ छक्का प्रहार गर्दै आउट भए। मलेसियाका पवनदीप सिंहले फालेका बललाई शेदअजिज क्याच गरेका थिए।
त्यस्तै, पारस खड्का ९ रन १ चौका बनाएर आउट भए। दीपेन्द्र सिंह ऐरी ३८ रनमा १ चौका, पवन सरार्फ १९ रनमा १ चौका १ छक्का र आरिफ शेख ५ रनमा १ चौका बनाएर आउट भए।
करण केसी पनि २ रनमात्र बनाएर आउट भए। विनोद भण्डारी ७ रन बनाएर आउट भए।मलेसियाको पहिलो विकेट लिएसँगै सन्दीप टी २० क्रिकेटमा १०० विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडी बने ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
नेपाली क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक
नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने
त्रिदेशीय क्रिकेट शृङ्खला : नेपाल र स्कटल्याण्ड खेल्दै
अफगानिस्तानसँगको रोमाञ्चक खेलमा नेपाल एक रनले पराजित
क्रिकेट खेल्न गएका बालक पोखरीमा बिलाए
पीएम कप क्रिकेटमा आज दुई खेल हुँदै