काठमाडौं । नेपाली सेनाका अवकास प्राप्त जर्नेलको घरमा गएर आन्दोलन गर्ने ४ महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
भैसेपाटीरहेको जर्नेल हेम खत्रीको घरमा केही महिलाहरु प्रवेश गरेर तोडफोडमा उत्रिएको सूचनाको आधारमा पुगेको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको बताइएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा गोमा केसी, माला साह, रुपा घिसिङ र शोभा खड्का रहेका छन् । एक महिला र जर्नेलबीच सम्बन्ध रहेको र सोही विवादका क्रममा ती महिलाले अन्य महिलालाई लगेर तोडफोडमा उत्रिएको बताइएको छ। यही प्रकरणमा प्रहरीले एक बच्चाकी आमालाई लाठीचार्ज गरेको भिडियो भाइरल समेत भएको छ ।
‘घरकोठा भित्र केही महिलाहरु अनाधिकृत रुपमा प्रवेश गरी घर कम्पाउण्ड तथा कोठा भित्र रहेको टेवुल, गमला लगायतको धनमालहरु तोडफोड गरी क्षति पुर्याउनुको साथै घरकोठामा रहेका हेम खत्रीको श्रीमति तथा छोरी समेतलाई जथाभावी व्यबहार गरीरहेका छन् भन्ने सुचनाको आधारमा तत्काल महानगरीय प्रहरी प्रभाग बुंगमती (भैसेपाटी) ललितपुरवाट खटिएको प्रहरी टोलीले त्यस्तो कार्यमा संलग्न निनानुसारको महिलाहरुलाई त्यस्तो गतिविधी नगर्न भनि सम्झाई बुझाई गर्दा उल्टै झन् आक्रोशित भई प्रहरी टोली समेतलाई जथाभावी वोली अभद्र व्यबहार गरी काम कर्तव्य समेतमा वाधा अवरोध पु¥याएकोले निजहरुलाई नियन्त्रणमा लिइ अभद्र व्यबहार मुद्धामा थप अनुसन्धान भईरहेको छ’, महानगरीय प्रहरी परिसर ललितपुरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ फागुन २०७६, २० : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ
बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौँबाट चोरीको मोटरसाइकलसहित दुईजना पक्राउ
राष्ट्रपति कार्यालयमा तोडफोड र लुटपाट गर्ने तीन जना पक्राउ
जेनजी आन्दोलनमा प्रहरीको बर्दी लगाउँदै लुटपाट र आगजनी गरेको आरोपमा तीन जना पक्राउ
नख्खु कारागारबाट फरार भएका लामा काठमाडौँको गुजेश्वरि मन्दिरबाट पक्राउ