धनुषा । धनुषाको धनौजी गाउँपालिकामा कार्यरत एक सचिव घुससहित पक्राउ परेको छ ।
धनौजी गाउपालका वडा नम्बर २ को वडा कार्यालयमा कार्यरत वडा सचिव (खरिदार) सुशिल ठाकुरले जन्म प्रमाणित सिफारिस गरिदिए बापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको एक टोलीले पक्राउ गरेको हो ।
वडा सचिव सुशिल ठाकुरलाई सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा वडा कार्यकक्षबाट नियन्त्रणमा लुएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दुए ।
घुससहित पक्राउ परेका सचिव ठाकुरलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ फागुन २०७६, १४ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ई-सेवा कर्मचारी बनेर ठगी गरेको आरोपमा एक जना पक्राउ
कालीमाटी र बल्खुबाट ३५ जना बिचौलिया पक्राउ
चितवनबाट अपहरणमा परेका बालकको उद्धार, ५ भारतीय पक्राउ
१२ लाख मूल्य बराबरको साउदी रियालसहित एकजना पक्राउ
बैंकिङ कसुरमा वडाध्यक्ष महतो पक्राउ
नक्कली लाइसेन्स बोकेर १७ वर्षसम्म विमान उडाउने पाइलट वाल पक्राउ