काठमाडौं । चितवन जाने तयारीमा रहेका नेकपा अध्यक्ष प्रचण्डसँग पार्टीका वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल र उपाध्यक्ष वामदेव गौतमको भेट वार्ता भएको छ ।
शुक्रबार बिहान भएको चार नेताको भेटवार्ता पार्टीमा पछिल्लो समय देखिएको असहजताका विषयमा केन्द्रीत रहेर छलफल भएको स्रोतको भनाई छ । छलफलका लागि बिहानै नेता गौतम पहिले, त्यसपछि नेपाल र अनि खनाल प्रचण्ड निवास खुमलटार पुगेका थिए ।
उनीहरुबीच झण्डैं सवा घण्टा छलफल भएको बताइन्छ । गत बुधबार सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्नका लागि राष्ट्रपतिलाई सिफारिस गरी पठाउन गरेको निर्णयलाई प्रधानमन्त्री ओलीले चुनौती दिने बताएपछि नेकपामा गम्भिर विवाद देखिएको छ । ओली अर्थमन्त्री युवराज खतिवडालाई नै राष्ट्रिय सभामा पठाउन चाहिरहेका छन् । तर ओली सहितको पार्टी सचिवालय बैठकले गौतमलाई पठाउने निर्णय गरेको छ ।
पार्टीमा देखिएको यो विवाद पछि प्रधानमन्त्रीले वरिष्ठ नेता नेपाललाई बोलाई खतिवडालाई नै आफुले राष्ट्रिय सभामा पठाउने र पार्टी निर्णय अवज्ञा गर्ने चेतावनी दिएका थिए । नेता नेपालले भने पार्टी निर्णय मानेर जानुको विकल्प नरहेको भन्दै संयमता अवलम्वन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका थिए ।
आवश्यक परे फेरि यो विषयमा सचिवालय बैठक बोलाएर छलफल गरौं, तर पार्टी निर्णय मान्दिन भन्ने कुरा नगरौं भन्दै नेपालले ओलीलाई सुझाव दिएका थिए । खतिवडा की गौतम भन्नेमा अहिले नेकपाभित्र अब प्रतिष्ठाको विषय बनेको छ ।
यो विषयमा अब कसरी जाने भन्नेमा खुमलटारमा नेताहरुले छलफल गरेका हुन् । प्रधानमन्त्रीसँगै यस विषयमा छलफल गरेर जाने पनि नेताहरुका बीचमा छलफल भएको बुझिएको छ । प्रचण्ड आजै चितवन जाने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
नेकपाले सार्वजनिक गर्यो एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका
नेकपाले तोक्यो प्रदेश इन्चार्ज र संयोजक
नेकपामा कार्यविभाजनको प्रस्ताव : झलनाथ नीति प्रतिष्ठान प्रमुख र वामदेव उत्पादन विभागको जिम्मेवारीमा
नेकपाको कार्यविभाजन: गैर माओवादीको वर्चस्व, पार्टीभित्र असन्तुष्टि चुलिँदै
११ देखि १५ मंसिरसम्म महाधिवेशन गर्ने नेकपाको निर्णय
नेकपाको केन्द्रीय संयोजन समिति बैठक बस्दै, नेताहरूको कार्यविभाजन गरिने