विमानस्थलको ‘थर्मल स्क्यानर’ बिग्रिएको एक महिना हुँदा पनि भएन मर्मत

शुक्रबार, १६ फागुन २०७६, ०८ : ०१
विमानस्थलको ‘थर्मल स्क्यानर’ बिग्रिएको एक महिना हुँदा पनि भएन मर्मत

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हेल्थ डेस्कमा यात्रुलाई ज्वरो भए/नभएको पत्ता लगाउन जडान गरिएको एउटा ‘थर्मल स्क्यानर’ बिग्रिएको एक महिना हुन लाग्दा पनि मर्मत गरिएको छैन ।

। विमानस्थलमा एउटा स्क्यानर मात्र चलिरहेको छ । चीनबाट फैलिएको ‘कोरोना भाइरस रोग २०१९’ (कोभिड–१९) विश्वव्यापी बन्दै गएपछि विमानस्थलस्थित हेल्थ डेस्कमा करिब सवा महिनाअघि दुइटा थर्मल स्क्यानर जडान गरिएको थियो ।

थर्मल स्क्यानरमार्फत् परीक्षण गर्दा एक सय डिग्री फरेनहाइटभन्दा माथि ज्वरो, रुघाखोकी र श्वास प्रश्वासमा अप्ठ्यारो देखिए कोभिड–१९ को आशंकामा बिरामीलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा परीक्षण तथा उपचारका लागि पठाउने गरिन्छ । कान्तिपुर दैनिकमा खबर छ ।