हेटौडाकी युवतीलाई एसिड प्रहार गर्ने भारतीय नागरिकलाई  ८ वर्षको जेल सजाय

सफल खबर संवाददाता

विहीबार, १५ फागुन २०७६, २१ : ३७
हेटौडाकी युवतीलाई एसिड प्रहार गर्ने भारतीय नागरिकलाई  ८ वर्षको जेल सजाय

काठमाडौं । हेटौडाकी एक युवतीलाई एसिड प्रहार गर्ने भारतीय नागरिकलाई अदालतले ८ वर्षको जेल सजाय सुनाएको छ । 
 जिल्ला अदालत मकवानपुरले भारत महाराजगञ्ज, अमरपूर्वन–६ का राज भन्ने दिलीपराज केशरीलाई ८ वर्षको जेल सजाय सुनाएको हो । उनले हेटौडा उपमहानगर–२ की २० वर्षीया विन्दावासिनी कंसाकारको अनुहारमा  २०७० साल वैशाख ९ गते एसिड प्रहार गरी एसिड प्रहार गरेका थिए।

अदालतले अभियुक्तबाट उपचार खर्च एक करोड १४ लाख ८५ हजार रुपैया भराउन पनि अदालतले आदेश दिएको छ भने १ लाख जरिवानाको पनि फैसला गरेको छ । 
यस्तै अदालतले अभियुक्तलाई सघाउने सञ्जयकुमार मण्डललाई २ वर्ष ६ महिना कैद र ४० हजार रुपैया जरिवानाको फैसला समेत सुनाएको छ।

जिल्ला न्यायाधीश कमलराज विष्टको बिहीबारको इजलाशले सो आदेश दिएको हो । केशरीलाई साविकको मुलुकी ऐन ज्यान सम्वन्धी महलको १५ नम्बर मुलुकी अपराधंसंहिता २०७४ दफा १८३ (२) अनुसार ८ वर्ष कैद र एक लाख रुपैया जरिवानासहित उपचार खर्च एक करोड १४ लाख ८५ हजार भराउने फैसला गरेको स्रेस्तेदार केशवराज कौशिकले जानकारी दिए । 

केशरीलाई ६ वर्षपछि बाराको जितपुर–सिमरा उपमहानगर–२३ भलोहीस्थितबाट गत कार्तिक १४ प्रहरीले पक्राउ गरेको थियो। यस्तै त्यसको केही समयमा मण्डल पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस