काठमाडौं । हेटौडाकी एक युवतीलाई एसिड प्रहार गर्ने भारतीय नागरिकलाई अदालतले ८ वर्षको जेल सजाय सुनाएको छ ।
जिल्ला अदालत मकवानपुरले भारत महाराजगञ्ज, अमरपूर्वन–६ का राज भन्ने दिलीपराज केशरीलाई ८ वर्षको जेल सजाय सुनाएको हो । उनले हेटौडा उपमहानगर–२ की २० वर्षीया विन्दावासिनी कंसाकारको अनुहारमा २०७० साल वैशाख ९ गते एसिड प्रहार गरी एसिड प्रहार गरेका थिए।
अदालतले अभियुक्तबाट उपचार खर्च एक करोड १४ लाख ८५ हजार रुपैया भराउन पनि अदालतले आदेश दिएको छ भने १ लाख जरिवानाको पनि फैसला गरेको छ ।
यस्तै अदालतले अभियुक्तलाई सघाउने सञ्जयकुमार मण्डललाई २ वर्ष ६ महिना कैद र ४० हजार रुपैया जरिवानाको फैसला समेत सुनाएको छ।
जिल्ला न्यायाधीश कमलराज विष्टको बिहीबारको इजलाशले सो आदेश दिएको हो । केशरीलाई साविकको मुलुकी ऐन ज्यान सम्वन्धी महलको १५ नम्बर मुलुकी अपराधंसंहिता २०७४ दफा १८३ (२) अनुसार ८ वर्ष कैद र एक लाख रुपैया जरिवानासहित उपचार खर्च एक करोड १४ लाख ८५ हजार भराउने फैसला गरेको स्रेस्तेदार केशवराज कौशिकले जानकारी दिए ।
केशरीलाई ६ वर्षपछि बाराको जितपुर–सिमरा उपमहानगर–२३ भलोहीस्थितबाट गत कार्तिक १४ प्रहरीले पक्राउ गरेको थियो। यस्तै त्यसको केही समयमा मण्डल पक्राउ परेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ फागुन २०७६, २१ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली र लेखकलाई आइतबार अदालतमा पेश गरिने
रवि लामिछाने अदालत उपस्थित
आगजनीपछि आइतबारदेखि सञ्चालन हुँदै उच्च अदालत तुलसीपुर
अदालतबाट दोषी ठहर भएका १३ जना फरार प्रतिवादी पक्राउ