काठमाडौं । फ्रान्स पठाइदिने भन्दै तीन जनाको ३८ लाख ५० हजार ठगी गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रुपन्देही घर भई हाल काठमाडौंका तारकेश्वर नगरपालिका १९ स्थित मनमैजु बस्ने पूर्णीमा श्रीष रहेको प्रहरीले जनाएको छ । उनले फ्रान्समा (प्याकिङ फुड) काममा आकर्षक तलव हुने भन्दै विभिन्न प्रलोभनमा पारी शीरबहादुर थापालगायत ३ जना व्यक्तिहरुको ३८ लाख पचास हजार लिएर फरार भएकी थिइन् ।
यसबारे महानगरीय अपराध महाशाखामा थापाले उजुरी दिएपछि खोजतलासको क्रममा मनमैजुबाटै पक्राउ गरिएको महाशाखाका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । उनलाई आवश्येक अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ
लागुऔषधसहित एकजना पक्राउ
३६ लाखको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ
स्रोत नखुलेको ४ लाख बढी रकमसहित एक पक्राउ