काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस नेता डा शेखर कोइरालासँग भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमै प्रधानमन्त्रीले डा कोइरालासँग गरेको भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ ।
नेकपा सचिवालय बैठकले बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने गरी निर्णय गरेकोमा एकाएक ओली त्यसको विपक्षमा देखिएपछि नेकपाभित्रको विवाद सहतमा मात्रै आएको छैन कतिपयले पार्टीभित्र विभाजनको रेखा समेत देखिएको टिप्पणी गर्न थालेका छन् ।
पार्टीभित्र गम्भीर मोड उत्पन्न भइरहेको बेला ओलीले काँग्रेस नेता कोइरालाले भेटवार्ता गरेका हुन् । बिहीबार बिहान करिब डेढ घण्टा भएको भेटवार्तामा कोइरालाले प्रधानमन्त्रीलाई राजीनामा दिन सुझाएका थिए ।
जवाफमा ओलीले विपक्षी दलले राजीनामा दिन सुझाउनु स्वाभाविक भएपनि आफूविरुद्ध पार्टीभित्रैबाट षड्यन्त्र हुन थालेको गुनासो गरेका थिए ।
उनले आफूले ५ वर्ष नै सरकारको नेतृत्व गर्ने भन्दै आफूमाथि भएको चौतफी हमलाको सामना गर्ने बताएका थिए ।
कोइरालाको सहयोगी दिनेशचन्द्र थपलियाका अनुसार कोइरालाले गोकुल बाँस्कोटाको कमिसन प्रकणमा प्रधानमन्त्री समेत जोडिएको तथा सरकारमाथि अअनेकन प्रश्न चिन्ह खडा भएको भन्दै पदबाट राजीनामा दिँदा उचित हुने सुझाव प्रधानमन्त्रीलाई दिएका थिए ।
ओली पार्टीभित्र संकट देखिएपछि अहिले आफू निकटस्थहरु सँग पनि छलफलमा रहेको बताइएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आन्तरिक किचलो बढिरहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ फागुन २०७६, १२ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘धरती र जीवन दुवैमा शान्ति छाओस्’: प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली प्रेस मिटमा नबसेपछि परराष्ट्र सचिवले गरे भ्रमणको ब्रिफिङ
नेपाल दक्षिण एसियामै लगानीका लागि अनुकूल वातावरण भएको देश : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली मेड्रिटमा
प्रधानमन्त्री ओलीले गराए स्पेन भ्रमणबारे संसद्लाई जानकारी
नेपाल स्वास्थ्य विज्ञानको शुरुवात भूमि होः प्रधानमन्त्री ओली