काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको राजसी शैलीको जन्मदिन मनाउन कति खर्च भयो होला ? ४ वटा हेलिकप्टर हजारौलाई भोज खुवाउँदा लाखमा खर्च त पक्कै भएन करौडौ नै भयो । प्रधानमन्त्रीको सचिवालयसँग यसबारे सोध्दा केही नबताउँदा कति खर्च भयो भन्नेमा आधिकारिक विवरण आउन सकेको छैन ।
तर नेपाल सरकारकै एक पूर्वसचिवले ओलीको जन्मदिनमा एक करोड ५० लाखजति खर्च भएको हुनसक्ने आँकलन गर्दै हिसाव किताव निकालेका छन् ।
पूर्वसचिव भीम उपाध्यायका अनुसार करिव ६ हजार जनतालाई भोज खुवाउन ३९ लाख, २ हजार थान डायरी र पेन वितरणमा १ लाख, हजार थान टोपी र ज्याकेटमा १५ लाख खर्च भएको अनुमान गरेका छन् ।
यस्तै हेलिकप्टर खर्च ४ वटाको कम्तीमा ८ लाखसहित अन्य हिसाव किताव गरेर डेढ करोड खर्च भएको हुन सक्ने बताएका छन् ।
खर्च यतिधेरै भएको छ त्यो खर्च कसले बेहोर्यो भन्ने पनि खुल्न सकेको छैन ।
आइतबार आफ्नो जन्मदिन मनाउन ओली जन्मघर तेह्रथुम पुगे । तेह्रथुमको आठराईमा दलबलसहित जन्मदिन मनाउन ओली पुग्दा गाउँपालिकाले सार्वजनिक बिदा नै दिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ फागुन २०७६, २१ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता
केपी ओलीको शल्यक्रिया सकियो
पूर्वाग्रह र प्रतिशोधपूर्ण गिरफ्तारी गरे : केपी ओली
झापा- ५ को मतपरिणाम : २३ सय गणना हुँदा केपी ओली भन्दा बालेन हजार मतले अगाडि
मध्यपूर्वमा बर्सिएका मिसाइलको धुवाँले निदाउन सकिनँ : केपी ओली