काठमाडौं । नेपाली कांग्रेसले मंगलबार बस्ने प्रतिनिधिसभाको बैठक अवरुद्ध नगर्ने भएको छ ।
सोमबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा भएको काँग्रेससहित समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीचको बैठकमा संसद अवरुद्ध नगर्ने विषयमा समझदारी भएका हो ।
कांग्रेस सचेतक पुष्पा भुसालले तीन दलबीचको बैठकमा मंगलबारको प्रतिनिधिसभा बैठक अवरुद्ध नगर्ने समझदारी भएको बताइन् ।
तीन दलले मंगलबारको बैठकमा आफ्नो दलको तर्फबाट धारणा राख्ने बताइएको छ । संसद अवरुद्ध गरेर समस्याको समाधान नहुने देखेर तीनै दलले आफ्नो कुरा संसदमा राख्ने तय भएको भुषालले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
नेपाली कांग्रेसले गर्यो संसदीय दलको नेता चयन प्रक्रिया स्थगित
संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश होइन, संघ होः गगन थापा
कांग्रेसमा शुद्धीकरण, आत्मसमीक्षा र आत्मविश्वास आवश्यक छ : महामन्त्री थापा