काठमाडौं । सरकारले दक्षिण कोरियाबाट नेपाल आउने सबै यात्रुको स्वास्थ्य परीक्षण (ज्वरो) सहित सबै विवरण लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित आपत्कालीन हेल्थ डेस्कलाई निर्देशन दिएको छ ।
करिब ४० हजार नेपाली कामदार रहेको कोरियामा कोरोनाको प्रकोप बढेपछि नेपालमा सतर्कता अपनाइएको हो ।
कोरोनाको प्रारम्भिक परीक्षण गरी शंका लागे आइसोलेसनका लागि अस्पतालमा रिफर गर्न स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मीलाई निर्देशन दिएको छ ।
स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा आइतबार बसेको आकस्मिक बैठकले कोरियाबाट आउने सबैको स्वास्थ्य परीक्षण अनिवार्य गरेको हो । यसअघि चीनको वुहानबाट आएका नागरिकको मात्रै स्वास्थ्य परीक्षण हुँदै आएको थियो । नयाँ पत्रिकामम खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १२ फागुन २०७६, ०७ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोनाका बिरामी देखिँदैः सात दिनमा ३० जनामा सङ्क्रमण
भारतबाट फर्किनेमा कोरोना संक्रमण, कीट नहुदा परीक्षणमा समस्या
भारतमा बढ्यो कोरोना संक्रमण, ९ दिनमा ५८ बिरामीको मृत्यु
कोरोना सङ्क्रमण बढ्दो छ, सतर्क रहौँ : स्वास्थ्य मन्त्रालय
सदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण
भारतमा फैलँदो कोरानाः २७ राज्यमा नयाँ भेरियन्ट, ४४ को मृत्यु