ठमाडौं । मानव अधिकार तथा शान्ति समाजले आइतबार विभिन्न घोटालाका मूल दोषीहरुलाई कारवाहीको दायरामा ल्याउन र संसदमा प्रस्तुत विधेयकहरुमा निहित स्वतन्त्रता विरोधी प्रावधान हटाउन माग गर्दै काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको छ ।
वाईडबडी/न्यारोबडी जहाज खरिद प्रकरण र बालुवाटार जग्गा घोटाला प्रकरणमा संलग्न मूल पात्रहरुलाई उन्मुक्ति दिन खोजिएकोप्रति विरोध गर्दै शान्ति समाजले एक घण्टा प्रदर्शन गरेको हो । यसैगरी पछिल्लो संस्करणमा तत्कालीन मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटा मुछिएको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा बाँस्कोटा लगायतमाथि गहिराईमा छानबिन गरि कारवाही प्रकृया अघि बढाउन पनि शान्ति समाजले सम्बद्ध पक्षलाई आग्रह गरेको छ ।
संसदमा प्रस्तुत सूचना प्रविधि लगायत संचारक्षेत्रसँग सम्बन्धित आधा दर्जनभन्दा बढी विधेयकमा निहित स्वतन्त्रता विरोधी प्रावधान हटाउन शान्ति समाजले ध्यानाकर्षण गराएको छ । प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, संस्थापक महासचिव सुवास ढकाल, सल्लाहकार होमकान्त चौलागाई, उपसभापति रेनुका पौडेल, सचिवहरु रत्नलक्ष्मी श्रेष्ठ र बलबहादुर गाहा मगरलगायत थिए ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीले गरे माइतीघरमा प्रदर्शन
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध तरुण दलको प्रदर्शन
सिंहदरबार गेटमा प्रधानमन्त्रीविरुद्ध प्रदर्शन
बालेनको सीमा सम्बन्धी अभिव्यक्तिविरुद्ध विद्यार्थी संगठनको प्रदर्शन
जातीय विभेदविरुद्ध माइतीघरमा प्रदर्शन, न्याय र संरचनागत सुधारको माग
नेपाल बारले आज सर्वोच्च प्रशासनको कार्यशैलीविरुद्ध लालटिन बालेर प्रदर्शन