ठमाडौं । मानव अधिकार तथा शान्ति समाजले आइतबार विभिन्न घोटालाका मूल दोषीहरुलाई कारवाहीको दायरामा ल्याउन र संसदमा प्रस्तुत विधेयकहरुमा निहित स्वतन्त्रता विरोधी प्रावधान हटाउन माग गर्दै काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको छ ।
वाईडबडी/न्यारोबडी जहाज खरिद प्रकरण र बालुवाटार जग्गा घोटाला प्रकरणमा संलग्न मूल पात्रहरुलाई उन्मुक्ति दिन खोजिएकोप्रति विरोध गर्दै शान्ति समाजले एक घण्टा प्रदर्शन गरेको हो । यसैगरी पछिल्लो संस्करणमा तत्कालीन मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटा मुछिएको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा बाँस्कोटा लगायतमाथि गहिराईमा छानबिन गरि कारवाही प्रकृया अघि बढाउन पनि शान्ति समाजले सम्बद्ध पक्षलाई आग्रह गरेको छ ।
संसदमा प्रस्तुत सूचना प्रविधि लगायत संचारक्षेत्रसँग सम्बन्धित आधा दर्जनभन्दा बढी विधेयकमा निहित स्वतन्त्रता विरोधी प्रावधान हटाउन शान्ति समाजले ध्यानाकर्षण गराएको छ । प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, संस्थापक महासचिव सुवास ढकाल, सल्लाहकार होमकान्त चौलागाई, उपसभापति रेनुका पौडेल, सचिवहरु रत्नलक्ष्मी श्रेष्ठ र बलबहादुर गाहा मगरलगायत थिए ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
बंगलादेशमा प्रदर्शन उग्र बनेपछि परिस्थिति नियन्त्रणका लागि अर्धसैन्य दस्ता परिचालन
राजसंस्था समर्थकलाई बिजुलीबजारमा प्रदर्शन गर्न रोक
माइतीघरमा सरकारविरुद्ध जेनजीको प्रदर्शन
कर्फ्यूबीच सिमरा बजारमा प्रदर्शन र झडप
जनकपुरमा सात दलीय मोर्चाको प्रदर्शन
मधेश प्रदेशका मुख्यमन्त्री यादवलाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन