काठमाडौं । नेपाली कांग्रेसको छाया मन्त्रिपरिषदको पहिलो बैठकले मन्त्रालयको भ्रष्टाचार खोज्ने निर्णय गरेको छ ।
बैठकले कुन–कुन मन्त्रालयमा के–कस्ता खालका भ्रष्टाचार भइरहेका छन् भन्नेबारे अध्ययन गरेर रिपोर्टिङ गर्न सम्बन्धित छाया मन्त्रीहरुलाई निर्देशन दिएको छ ।
आइतबार बिहान कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले सो निर्णय गर्दै निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड बढी कमिसन बार्गेनिङ गरेको विषयलाई सशक्त ढंगले उठाउने निर्णय गरेको कांग्रेस राष्ट्रियसभा संसदलीय दलका नेता सुरेन्द्र पाण्डेले जानकारी दिए ।
सरकारका कामकारबाही नजिकबाट अध्ययन गरी खबरदारी गर्न भन्दै कांग्रेसले गत जेठ महिनामा छाया सरकार गठन गरेको थियो । गठन भएको नौ महिनापछि पहिलो पटक बैठक बसेको हो ।
सरकारले विगत नौ महिनामा गरेका कामकारबाहीबारे संयोजक (छाया मन्त्री) हरूले सभापति शेरबहादुर देउवालाई प्रतिवेदन समेत पेश गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
कांग्रेस मधेस प्रदेशले वीरगन्जमा दुई दिन प्रशिक्षण कार्यक्रम गर्ने
संसद्को गतिरोधबारे कांग्रेस-रास्वपा छलफल
संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्न खोज्नु अनुचित : नेपाली कांग्रेस
गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन समिति पनि बन्दैन: कांग्रेस
‘देशको आर्थिक उन्नयनका निम्ति ऊर्जा क्षेत्रको विकास अपरिहार्य छ’: डा. महत
सानेपाको अपार्टमेन्टमा कांग्रेसका पूर्वपदाधिकारीको छलफल