काठमाडौं । नेपाली कांग्रेसको छाया मन्त्रिपरिषदको पहिलो बैठकले मन्त्रालयको भ्रष्टाचार खोज्ने निर्णय गरेको छ ।
बैठकले कुन–कुन मन्त्रालयमा के–कस्ता खालका भ्रष्टाचार भइरहेका छन् भन्नेबारे अध्ययन गरेर रिपोर्टिङ गर्न सम्बन्धित छाया मन्त्रीहरुलाई निर्देशन दिएको छ ।
आइतबार बिहान कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले सो निर्णय गर्दै निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड बढी कमिसन बार्गेनिङ गरेको विषयलाई सशक्त ढंगले उठाउने निर्णय गरेको कांग्रेस राष्ट्रियसभा संसदलीय दलका नेता सुरेन्द्र पाण्डेले जानकारी दिए ।
सरकारका कामकारबाही नजिकबाट अध्ययन गरी खबरदारी गर्न भन्दै कांग्रेसले गत जेठ महिनामा छाया सरकार गठन गरेको थियो । गठन भएको नौ महिनापछि पहिलो पटक बैठक बसेको हो ।
सरकारले विगत नौ महिनामा गरेका कामकारबाहीबारे संयोजक (छाया मन्त्री) हरूले सभापति शेरबहादुर देउवालाई प्रतिवेदन समेत पेश गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
नेपाली कांग्रेसले गर्यो संसदीय दलको नेता चयन प्रक्रिया स्थगित
संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश होइन, संघ होः गगन थापा
कांग्रेसमा शुद्धीकरण, आत्मसमीक्षा र आत्मविश्वास आवश्यक छ : महामन्त्री थापा