(एजेन्सी) । सुपरस्टार लियोनल मेस्सीलेकरिय रको ४८औं ह्याट्रिक पूरा गरेको खेलमा बार्सिलोनाले स्पेनिल ला लिगा फुटबलमा इबरमाथि गोल बर्षा गरेको छ ।
घरेलु मैदानमा आइतबार राति भएको खेलमा बार्सिलोनाले इबरलाई ५–० गोलले हरायो । जितसँगै बार्सिलोना लिगको शीर्ष स्थानमा फर्किएको छ । बार्सिलोनालाई सजिलै जिताउन कप्तान मेस्सीले ह्याट्रिकसहित चार गोल गरे । अर्को गोल अर्थरले थपेका थिए ।
एकपक्षीय खेलमा बार्सिलोनाले १४औं मिनेटमा मेस्सीको गोलमा अग्रता लिएको थियो । ३७औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल टोलीको अग्रता दोब्बर बनाए । ४०औं मिनेटमा अर्को गोल गर्दै पहिलो हाफमै ह्याट्रिक पूरा गरेका थिए । मेस्सीको यो करियरको ४८औं ह्याट्रिक हो । फर्ममा देखिएका मेस्सीले ८७औं मिनेटम चौथो गोल गरेका थिए ।
८९ औं मिनेटमा अर्थरले गोल गर्दै बार्सिलोनालाई फराकिलो जित दिलाए । जितसँगै शीर्ष स्थान कब्जा गरेको बार्सिलोनाले २५ खेलबाट ५५ अंक बनाएको छ । २४ अंक बनाएको इबर १६औं स्थानमा छ । बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल म्याड्रिडलाई दुई अंकले पछि पारेको छ ।
दोस्रो स्थानमा रहेको रियलको ५३ अंक छ । बार्सिलोनाले जित्दा आइतबार रातिनै रियल म्याड्रिडलाई लिभान्तेको नमिठो झट्का लागेको छ । रियल लिभान्तेकै मैदानमा १–० गोलले पराजित भयो । जसको फाइदा बार्सिलोनालाई पुगेको छ । रियललाई हराउन लिभान्तेका जोस लुईस मोरालेसले ७९औं मिनेटमा निर्णायक गोल गरेका थिए ।
खेलमा लगातार गोल गर्ने मौका पाएपनि रियल सफल हुन सकेन । रियललाई हराएको लिभान्ते ३२ अंक सहित १०औं स्थानमा उक्लिएको छ । अन्य खेलमा सेल्टा भिगोले लेगानेसलाई १–० र रियल सोसिइडाडले भ्यालेन्सियालाई ३–० गोलले हराएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ११ फागुन २०७६, ०८ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रियल भल्लाडोलिडलाई पराजित गर्दै बार्सिलोना शीर्ष स्थानमा
स्पेनिस ला लिगा : रियल सोसिडाडलाई हराउँदै बार्सिलोना शीर्ष स्थानमा
भ्यालेन्सियालाई ५ गोलले हराउँदै बार्सिलोना सेमिफाइनलमा
बेटिसविरुद्ध ५ गोल गर्दै बार्सिलोना क्वार्टरफाइनलमा
बार्सिलोनालाई १५ औँ पटक स्पेनिस सुपर कपको उपाधि
बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा