नयाँ पेट्रोलपम्पका लागि एक हजार २५ व्यवसायीको आवेदन, कहिले पाउँछन् स्वीकृति ?

पत्रपत्रिकाबाट

आइतबार, ११ फागुन २०७६, ०७ : ४७
नयाँ पेट्रोलपम्पका लागि एक हजार २५ व्यवसायीको आवेदन, कहिले पाउँछन् स्वीकृति ?

सांकेतिक तस्बिर ।

काठमाडौँ । नयाँ पेट्रोलपम्प सञ्चालनको स्वीकृति फागुन महिनाभित्रै दिइने तयारी छ । दस महिनाअघि आवेदन लिएको नेपाल आयल निगमले प्रक्रियागत छानबिन अन्तिम चरणमा पु¥याएको छ ।

निगमको छानबिन समितिले मापदण्डअनुसारका निवेदनको पहिचान गरिसकेको प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । नयाँ पेट्रोल पम्पका लागि एक हजार २५ व्यवसायीले आवेदन दिएका थिए । निगमले विशेषगरी काठमाडौँ उपत्यकाबाहिरका र ठूला तथा साना सहरोन्मुख क्षेत्रका लागि गत वैशाखमा आवेदन खुलाएका थियो ।

त्यसमा सबैभन्दा धेरै प्रदेश २ बाट ३४३ वटा आवेदन परेका छन् । सबैभन्दा थोरै कर्णाली प्रदेशबाट २२ वटा मात्र छन् । त्यस्तै प्रदेश १ बाट १८९, बाग्मती प्रदेशबाट १३१, गण्डकीबाट २७, प्रदेश ५ बाट दुई सय र सुदूरपश्चिम प्रदेशबाट ५६ वटा आवेदन परेका छन् । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस