काठमाडौँ । हाल देशभर आँशिक देखि सामान्य बदलीको अवस्था रहेको छ भने पूर्वी तथा पश्चिमी भूभागका थोरै स्थानहरुमा हल्का वर्षा भैरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै हिमाली भूभागका स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन पनि महाशाखाले सचेत गराएको छ।
महाशाखाका अनुसार शनिबार दिउँसो देशको पुर्वी भूभाग लगायत मध्य तथा पश्चिमी पहाडी भूभागमा आँशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंसिक बदली रहनेछ। पूर्वी पहाडी भूभागका थोरै स्थानहरुमा साथै पश्चिमी तथा मध्य पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
पूर्वी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । रातको समयमा भने पहाडी भेगमा आँशिक बदली रहेपनि बाँकि भेगको मौसम सामान्यतया सफा रहनेछ । आइतबार देशभर आँशिकदेखि सामान्य बदली रहनेछ।
पश्चिमी भूभागका थोरै स्थानहरुमा साथै मध्य तथा पूर्वी पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन–चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ । राति भने देशभर आँशिक देखि सामान्य बदली रहनेछ। पश्चिमी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
यस्तै सोमबार दिउँसो देशभर आँशिक देखि सामान्य बदली रहनेछ। मध्य तथा पुर्वी भूभाग साथै पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन तथा चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।
राती भने देशको मध्य तथा पुर्वी भूभागमा आँशिकदेखि सामान्य बदली रही पश्चिमी भूभागमा आंसिक बदली रहने महाशाखाले जनाएको छ। मध्य तथा पूर्वी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० फागुन २०७६, ०८ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : यी चार प्रदेशमा वर्षाको सम्भावना
आजको मौसम : यी ६ प्रदेशमा वर्षाको सम्भावना
आजको मौसम : यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
आजको मौसम : यी स्थानहरुमा वर्षाको सम्भावना
आजको मौसम : सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना