काठमाडौं । निवर्तमान सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाको घुस बार्गेनिङमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गर्न सुरु गरेको छ । घुसकाण्डमा मुछिएर राजीनामा दिएका बाँस्कोटामाथि अख्तियारले आजबाट छानविन गर्न थालेको हो।
सेक्युरिटि प्रेस स्थापनाका विषयमा घुस लेनदेन गर्न कुराकानी गरेको अडियो बाहिरएपछि ध्यानाकर्षण भएको अख्तियारले जनाएको छ। अख्तियारले अध्ययनका लागि बाँस्कोटाको कार्यकक्षमा छापा मारेर आवश्यक कागजात नियन्त्रणमा लिएको छ। साथै बास्कोटाले प्रयोग गरेको दराजमा रहेका कागजपत्र पनि सिलबन्दी गरिएको छ।
सेक्युरिटी प्रेस खरिदमा बाँस्कोटाले ७० करोड रुपैयाँ कमिसन मागेको अडियोका विषयमा आयोगले छानबिन थालेको सुरु गरेको हो। ७० करोड घुसकाण्डमा बास्कोटाको अडियो सार्वजनिक भएको थियो । अडियो सार्वजनिकपछि बास्कोटाले मन्त्री पदबाट राजिनामा दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ फागुन २०७६, १७ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजनीतिक झगडामा अदालतबाट समाधान आउँदैन : बास्कोटा
बालेन सरकारको प्रतिबद्धतामाथि गोकुल बाँस्कोटाको टिप्पणी: ‘डेण्टिङ–पेण्टिङ नयाँवाद’
‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’ : गोकुल बास्कोटा
घण्टी बजाएर मात्र हुँदैन, विधिको शासन पालना गर : बास्कोटा
‘पाकिस्तानी र बंगलादेशी मोडल नेपाली समाजले स्वीकार गर्दैन’ : गोकुल बास्कोटा
‘वाम एकताको बहसभन्दा आन्तरिक पुनर्गठन आवश्यक’ : गोकुल बास्कोटा