काठमाडौं । निवर्तमान सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाको घुस बार्गेनिङमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गर्न सुरु गरेको छ । घुसकाण्डमा मुछिएर राजीनामा दिएका बाँस्कोटामाथि अख्तियारले आजबाट छानविन गर्न थालेको हो।
सेक्युरिटि प्रेस स्थापनाका विषयमा घुस लेनदेन गर्न कुराकानी गरेको अडियो बाहिरएपछि ध्यानाकर्षण भएको अख्तियारले जनाएको छ। अख्तियारले अध्ययनका लागि बाँस्कोटाको कार्यकक्षमा छापा मारेर आवश्यक कागजात नियन्त्रणमा लिएको छ। साथै बास्कोटाले प्रयोग गरेको दराजमा रहेका कागजपत्र पनि सिलबन्दी गरिएको छ।
सेक्युरिटी प्रेस खरिदमा बाँस्कोटाले ७० करोड रुपैयाँ कमिसन मागेको अडियोका विषयमा आयोगले छानबिन थालेको सुरु गरेको हो। ७० करोड घुसकाण्डमा बास्कोटाको अडियो सार्वजनिक भएको थियो । अडियो सार्वजनिकपछि बास्कोटाले मन्त्री पदबाट राजिनामा दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ फागुन २०७६, १७ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म केपी ओलीसँग टाढा भएको छैन, उहाँ डुब्दा म पनि डुब्छु : गोकुल बास्कोटा
एमाले महाधिवेशन प्रतिनिधि छनौटमा गलत संस्कार देखियो: गोकुल बास्कोटा
प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक: गोकुल बास्कोटा
एकताको आवश्यकता याद गर्नु वाहियात : गोकुल बाँस्कोटा
'परिस्थिति अझै खराब दिशातर्फ नजाला भन्ने अवस्था छैन' : गोकुल बाँस्कोटा
पार्टी छिटो पुनर्गठन गरौं: गोकुल बास्कोटा