बहुबिबाहलाई अपराध नमान्ने पक्षमा मत

पत्रपत्रिकाबाट

शुक्रबार, ०९ फागुन २०७६, ०८ : २६
बहुबिबाहलाई अपराध नमान्ने पक्षमा मत

काठमाडौं । संयुक्त राज्य अमेरिकाको युटा राज्यको सिनेटले वयस्कहरुको आपसी सहमतिमा गरिने बहुबिबाहलाई अपराध ठहर नगर्ने पक्षमा सर्वसम्पतिले मत दिएको छ ।

विद्यमान कानुनअनुसार एक जनाभन्दा धेरैसँग बिबाह गरेको पाइएमा पाँच वर्षसम्म जेल हुन सक्ने व्यवस्था छ । सो नयाँ कानुनका पक्षधरहरुले यसले बहुबिबाह अभ्यास गर्ने समूदायसँग सम्बन्धित गोप्यता हटाइदिने र केही पीडित भए त्यसको उजुरी गर्न सहयोग पुग्ने बताउने गरेका छन् ।

तर आलोचकहरुले भने उसले पीडकहरुलाई झन् बल पुग्ने बताएका छन् । सिनेटले पारित गरेको सो विधेयकलाई अब राज्यको तल्ले सदन प्रतिनिधिसभाले पनि पारित गर्नुपर्छ । राजधानी दैनिकमा खबर छ।

प्रतिक्रिया दिनुहोस