काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई तत्काल बर्खास्त गरेर निष्पक्ष छानविन गर्न आग्रह गरेको छ । सेक्युरिटी प्रिन्टिंग प्रेस राख्ने विषयमा कमिसन मागेको अडियो सार्वजनिक भएसंगै कांग्रेसले आज एक विज्ञप्ती जारी गर्दै बर्खास्तसंगै निष्पक्ष छानविनको माग गरेको छ ।
प्रवक्ता विश्वप्रकास शर्माद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ,‘सेक्युरिटी प्रिन्टिंग प्रेस खरिद तयारीसंगै ठुलो रकमको अनियमितताको तयारी भईरहेको अनुमानित विवरण यस अघि नै सार्वजनिक भएको र यसमा स्यवं संचारमन्त्री नै कमिसनका लागि बार्गेनिंग गरेको अडियो सार्वजनिक पश्चात त्यो अनुमान बलियो ढंगले प्रमाणित भएको छ ।’ तसर्थ यस घटनामा संलग्नलाई निलम्बन गरि छानविन गर्न आग्रह गर्दछु ।
संचारमन्त्री बाँस्कोटाले सेक्युरिटी प्रिन्टिंग प्रेस राख्नकै लागि ७० करोड रकम कमिसन मागको अडियो सार्वजनिक भएसँगै काँग्रेसले निष्पक्ष छानविन गर्न प्रधानमन्त्री केपी ओलीसँग सार्वजनिक रुपले आग्रह गरेको छ ।
बर्खास्त नगरे आन्दोलनमा उत्रिने नेविसंघको चेतावनी
यसैबिच काँग्रेसको भातृ संगठन नेविसंघले पनि मन्त्री ढुंगानालाई तत्काल बर्खास्त नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । अध्यक्ष राजीव ढुंगानाद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,‘सरकारका प्रवक्ता तथा आफ्ना प्रिय पात्रलाई संरक्षण उद्दत देखिए नेपाल विद्यार्थी संघ आन्दोलनको आँधीबहेरी सृजना गर्न बाध्य हुनेछ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ फागुन २०७६, ११ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश होइन, संघ होः गगन थापा
कांग्रेसमा शुद्धीकरण, आत्मसमीक्षा र आत्मविश्वास आवश्यक छ : महामन्त्री थापा
कांग्रेस मधेस प्रदेशले वीरगन्जमा दुई दिन प्रशिक्षण कार्यक्रम गर्ने
संसद्को गतिरोधबारे कांग्रेस-रास्वपा छलफल
संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्न खोज्नु अनुचित : नेपाली कांग्रेस
गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन समिति पनि बन्दैन: कांग्रेस