सानेपा प्रकरणमा यस्तो आयो मुना र विजयको पोस्टमार्टम रिपोर्ट

पत्रपत्रिकाबाट

आइतबार, ०४ फागुन २०७६, ०८ : २१
सानेपा प्रकरणमा यस्तो आयो मुना र विजयको पोस्टमार्टम रिपोर्ट

काठमाडौं । पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको मस्तिष्क र शरीरबीच रक्तसञ्चार अवरोध (स्ट्रयाङ्गुलेसन) का कारण मृत्यु भएको पोस्टमार्टम रिपोर्टबाट देखिएको छ । घाँटीको भाग अत्यधिक रूपमा कसिन पुग्दा ‘स्ट्रयाङ्गुलेसन’ हुन्छ ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले ‘स्ट्र्याङ्गुलेसन’का कारण मुनाको मृत्यु भएको पोस्टमार्टम रिपोर्टले देखाएको जानकारी दिए ।  यता (ह्याङ्गिङ)का कारण विजय चौधरीको मृत्यु हुन पुगेको पोस्टमार्टम रिपोर्टमा उल्लेख छ ।

‘चौधरीको पोस्टमार्टम रिपोर्टमा उनको मृत्युको कारण ‘ह्याङ्गिङ’बाट भएको उल्लेख छ,’ एसएसपी राईले भने । प्रहरीका अनुसार मुनाको हत्यापछि चौधरी डाइनिङ हलको ठीक माथि रहेको फलामको बारमा पासो लगाई झुन्डिएका थिए ।

तर, डोरी चुँडिन पुगेपछि उनी डाइनिङ हलको भुइँमा पछारिन पुगेका थिए । शव मुचुल्का गर्दा प्रहरीले समेत चौधरीको घाँटीमा कसिएको अवस्थामा डोरी बरामद गरेको थियो । नयाँ पत्रिकामा खबर छ ।

 

प्रतिक्रिया दिनुहोस