रिहा भए प्रहरीका एसएसपी सौरभ राणा

सफल खबर संवाददाता

शुक्रबार, ०२ फागुन २०७६, २१ : २०
रिहा भए प्रहरीका एसएसपी सौरभ राणा

काठमाडौँ । बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका नेपाल प्रहरीका एसएसपी शौरभ राणा रिहा भएका छन् । 

जिल्ला सरकारी वकील कार्यालय सुनसरीले उनलाई रिहा गर्न आदेश दिएको हो । हाजिरी जमानीमा छुटेका राणाले अब प्रहरीकोमा तारिख धाउनुपर्नेछ ।  यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका राणालाई गत सोमबार ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको थियो । 

गृह मन्त्रालयमा इटहरीकी एक महिलाले आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै उजुरी दिएपछि राणा निलम्बनमा परेका थिए । यस्तै ती महिलाले साताअघि जिल्ला प्रहरी कार्यालय सुनसरीमा पनि किटानी जाहेरी दिएकी थिइन् । 

उजुरीपछि आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय सुनसरी पुगेर आत्मसमर्पण गरेका राणाले आरोप भने अस्वीकार गर्दै आएका छन् ।  पीडित महिलाले भने इटहरीको एक होटलमा आफूमाथि बलात्कार भएको बताएकी छिन् । 

एसएसपी राणा संघीय प्रहरी इकाइ धरानको प्रमुखको हैरियसमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस