एमसीसी कार्यदलको म्याद थपिने

पत्रपत्रिकाबाट

बुधबार, २९ माघ २०७६, ०७ : ५६
एमसीसी कार्यदलको म्याद थपिने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले मिनेलियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) को बारेमा निर्णय लिन गठित कार्यदलको म्याद थप्ने तयारी गरेको छ।
वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले अध्ययनको काम सकेको भए पनि लेखनका लागि केही दिन लाग्ने भएकाले म्याद थप्न नेतृत्वसँग आग्रह गरेको हो।

उक्त कार्यदलको मंगलबार बसेको बैठकले एमसीसीसम्बन्धी प्रतिवेदन तयार गर्न समय अभाव देखाउँदै नेतृत्वसँग म्याद थपको लागि आग्रह गर्ने निर्णय गरेको संयोजक खनालले जानकारी दिए। 

यही माघ १५ देखि १९ गतेसम्म बसेको केन्द्रीय बैठकले एमसीसीबारे निर्णय लिन खनालको नेतृत्वमा स्थायी समिति सदस्य भीम रावल र परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली सदस्य रहेको कार्यदल गठन गरेको थियो। कार्यदलको १० दिने म्याद आज बुधवार सकिदैछ। नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस