काँग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध नगर्ने

मंगलबार, २८ माघ २०७६, १३ : २८
काँग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध नगर्ने

फाइल फोटो

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध नगर्ने भएको छ । पार्टी उपसभापति विजयकुमार गच्छदारविरुद्ध राजनीतिक पूर्वाग्रहका आधारमा अभियोग पत्र दायर गरिएको आरोप लगाउँदै पार्टीले सदन अवरुद्ध गर्दै आएको थियो । 

काँग्रेस संसदीय दल कार्यसमितिको आज बसेको बैठकले सो निर्णय गरेको सांसद दिलेन्द्रप्रसाद बडूले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । बैठकले प्रचलित कानून र संवैधानिक निकायको निष्पक्षता र स्वतन्त्रता नै कमजोर हुने गरी राजनीतिक पूर्वाग्रह भई नेता गच्छदारविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको ठहर  गरेको उहाँले जानकारी दिनुभयो । 

प्रतिनिधिसभाको आजको बैठकमा काँग्रेसले आफ्ना धारणा राखेर बैठक सञ्चालनमा सहयोग  पु¥याउने सांसद बडूले बताउनुभयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको जग्गा प्रकरणमा उपसभापति गच्छदारलगायत १७५ जनाविरुद्ध विशेष अदालतमा यही माघ २२ गते मुद्दा दायर गरेको थियो । (रासस)