पूर्वसचिव कार्कीकी श्रीमतीको हत्यापछि चौधरी आफैँले गरे आत्महत्या

सफल खबर संवाददाता

सोमबार, २७ माघ २०७६, २० : ०४
पूर्वसचिव कार्कीकी श्रीमतीको हत्यापछि चौधरी आफैँले गरे आत्महत्या

काठमाडौँ  । आफैँले पालेका व्यक्तिले आफ्नै ज्यान लिन्छन् भन्ने कसलाई के थाहा । तर ललितपुरमा आज यस्तै एउटा घटना घटेको छ । 
नेपाल सरकारका एक पूर्वसचिव अर्जून कार्कीकी श्रीमतीले यस्तै घटना बेहोर्नुपरेको । विहान पशुपति दर्शन गर्न गउका कार्की घर फर्किँदा घरमा  आफ्नै श्रीमतीको रगतको खोलो देखे । उनले चिच्चयाएपछि गाउँलेहरु आएर प्रहरीलाई खबर गरेपछि घटना बाहिरिएको थियो ।

पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुनाको हत्या भएको आशंका प्रहरीले गएको छ । त्यसपछि घरमै काम गर्न बसेका विजय चौधरीले आत्महत्या गरेका छन् ।
अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतका अनुसार सिसी टिभि फुटेजमा उनले नै हत्या गरेको देखिएको छ । उनको हत्या भएको आशंकामा सिसी टिभी फुटेजलगायत अन्य प्रमाणको अनुसन्धान भइरहेको छ ।

ललितपुरको सानेपा स्थित आफ्नै घरको भान्सा कोठामा विहान अचेत अबस्थामा भेटिएकी कार्कीको उपचारका क्रममा स्टार अस्पतालमा मृत्यु भएको थियो । उनको टाउकोमा लागेको गम्भिर चोटका कारण मृत्यु भएको हो । घटनाको समयमा पूर्वसचिव कार्की पशुपति दर्शनका लागि गएका थिए । फर्किदा उनी छाँगाबाट खसे जस्तो भए । 

सोही घरमा कामदारको रुपमा बसेका विजय चौधरी भने घरको डाईनिङ कोठामा झुण्डिएको अबस्थामा मृत फेला परेका थिए । प्रारम्भिक अनुसन्धानमा उनको हत्यामा स्वयं चौधरीको संलग्नता देखिएको जनाइएको छ । घटना घटनाएर उनले पनि आत्महत्या गरेको अनुमान छ । तर प्रहरीले घटनाको औपचारिक जानकारी गराएको छैन । 

शुरुमा उनले लछारपछार गरेर घाँटीमा डोरी लगाएर लढाएको प्रहरीका ेअनुसन्धानमा खुले छ । त्यसपछि पिर्काले हिर्काइएको थियो ।  नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्रीले घटनाको अनुसन्धान भइरहेकाले बताए । दुईवटै शव परीक्षणका लागि पाटन अस्पतालमा पठाईएको छ । सिसी क्यामेराको फुटेजलगायत अन्य प्रमाण फोरेन्सिक ल्याबमा परीक्षण भइरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस