काठमाडौँ । साना ९ बामदलले एमसीसी अनुमोदन हुन नदिने घोषणा गरेका छन् । प्रधानमन्त्रीदेखि सभामुखलाई ज्ञापनपत्र बुझाउनेदेखि संसद भवन घेर्नेसम्मका संर्घषका कार्यक्रम घोषणा भएको हो ।
साना वाम पार्टीहरुले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन
(एमसीसी) अनुमोदन नगर्न आग्रह गर्दै प्रधानमन्त्री र सभामुखलाई ज्ञापनपत्र बुझाउने भएका छन् । देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सी पी गजुरेलको अध्यक्षतामा वसेको नौ ओटा साना बाम दलको बैठकले प्रधानमन्त्रीदेखि सभामुखसम्मलाई ज्ञापनपत्र बुझाउनेदेखि संसद भवन बानेश्वर अगाडि धर्ना दिनेसम्मका संर्घषका कार्यक्रम तय गरेका छन् ।
नेकपा (मसाल) का महासचिव मोहनविक्रम सिंह, नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण), नेकपा (मालें)का महासचिव सिपी मैनाली, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेल, नेकपा राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक ऋषि कट्टेल, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किराती, जनसमाजवादी पार्टीका अध्यक्ष सुवास काफ्ले र राष्ट्रिय जागरण परिषद, नेपालका संयोजक साध्यबहादुर भण्डारीको २६ माघमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
भारतद्वारा अभिक्रमित र कब्जा गरिएको लिम्पियाधुरा प्रचार गरिएको राजनीतिक नक्सालाई खारेज गरी नेपालले आफनो नक्कली नक्सा बदर गर्ने तथा अमेरिकाद्वारा एमसीसी परियोजनामार्फत नेपाललाई रणमैदान बनाउन खोजेकोमा त्यसलाई खारेज गर्न संयुक्त संघर्षको कार्यक्रम तय गरिएको नेता गजुरेलले जानकारी दिए ।
उनीहरुले यस अगाडी २४ माघमा देशका प्रमुख शहरहरुमा विरोध कार्यक्रम राखेका थिए । बैठकले उक्त कार्यक्रमको समिक्षा गदै थप नयाँ संर्घषका कार्यक्रम तय गरिएको गजुरेलले वताए ।
यस्तो छ साना ९ वामको कार्यक्रम
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ माघ २०७६, ०९ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमसीसीबारे जेठ ७ सम्म अमेरिकाले छिनोफानो लगाउने
एमसीसीमा केही काम अघि बढाउन अमेरिकाले दियो अनुमति
अमेरिकी दूतावासले भन्यो : एमसीसीका गतिविधि अस्थायी रूपमा रोकिएका हुन्
एमसीसी सबस्टेसन ठेक्का अन्तिम चरणमा