काठमाडौं । आइएमई ग्रुपका अध्यक्ष एवम्नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल ‘एसियन लिडरसिप अवार्ड’बाट सम्मानित हुनुभएको छ । एसियाली व्यवस्थान संघहरुको साझा संस्था एसियन एसोसिएसन अफ म्यानेजमेन्ट अर्गनाइजेसन्स, (आमो) र नेपाल व्यवस्थापन संघद्वारा शुक्रबार साँझ राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ढकाललाई सो सम्मान प्रदान गर्नुभएको हो ।
राष्ट्रिय उद्यमशिलताको विकास गरी नेतृत्वदायी भूमिकामा रहेका र देशको आर्थिक विकास र समृद्धिका लागि व्यावसायको माध्यमबाट महत्वपूर्ण योगदान पुर्याएका कुशल एवम् सफल व्यवस्थापकलाई आमोले हरेक वर्ष यो अवार्ड प्रदान गर्ने गर्दछ ।
सन् २०२० का लागि नेपालबाट ढकाललाई यो अवार्ड प्रदान गरिएको हो । नेपालको सबैभन्दा ठूलो बैंक ग्लोबल आइएमई बैंक तथा चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष ढकाललाई नेपालको व्यावसायिक क्षेत्रमा उहाँको कुशल, सफल र प्रेरणादायी नेतृत्वका लागि यो अवार्ड प्रदान गरिएको उक्त संस्थाले जनाएको छ ।
अवार्ड प्राप्त भएपछि ढकालले आफूलाई यस अवार्डले आगामी दिनमा अझ उत्साहका साथ अघि बढ्न प्रेरणा मिलेको प्रतिक्रिया दिनुभयो । उहाँले यो सम्मान आफूले ग्रहण गरे पनि वास्तवमा नेपालको समग्र निजी क्षेत्रप्रति गरिएको एक सम्मान हो भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ माघ २०७६, १५ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नयाँ चरणको आर्थिक सुधारका लागि संरचनात्मक परिवर्तन गर्नुपर्छ: चन्द्रप्रसाद ढकाल
'वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न आग्रह'
उच्चस्तरीय आर्थिक सुधार आयोगको सुझाव अनुरूप बजेट निर्माण गर्न अध्यक्ष ढकालको अनुरोध
निजी क्षेत्रको सम्मानले समृद्धिको ढोका खोल्छ : अध्यक्ष ढकाल (पुर्णपाठ)
नागरिक लगानी कोषको रकम उत्पादनमुलक र रोजगारी बढाउने क्षेत्रमा प्रयोग गर्नुपर्छ : अध्यक्ष ढकाल
‘नेपालमा कागज उत्पादनको पुनर्जागरण: आत्मनिर्भर अर्थतन्त्रतर्फ महत्त्वपूर्ण कदम’: चन्द्रप्रसाद ढकाल