काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दलका घोषणापत्रमा आर्थिक विषयले प्राथमिकता पाउन नसकेको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघले आज यहाँ आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’सम्बन्धी कार्यक्रममा अध्यक्ष ढकालले राजनीतिक दलहरू आफ्नो एजेन्डाभन्दा पनि अन्य दललाई गाली गरेर स्थापित हुन खोज्ने प्रवृत्ति मौलाएकामा चिन्ता व्यक्त गरे ।
कुनै पनि दलका घोषणापत्रमा अहिलेसम्म निजी क्षेत्र र आर्थिक विषय प्राथमिकतामा नपरेका अध्यक्ष ढकालले बताएको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ । “दल आफ्ना एजेन्डामार्फत जनतामाझ जानुपर्नेमा निजी क्षेत्र, आर्थिक विषयलगायत विषयले प्राथमिकता पाउन सकेका छैनन्”, उनले भने ।
निजी क्षेत्रले राज्यमा पुर्याएका योगदानको चर्चा राजनीतिक नेतृत्व र दलबाट हुन नसकेका अध्यक्ष ढकालले चिन्ता व्यक्त गरे। निजी क्षेत्रलाई राज्यले प्रोत्साहन । संरक्षण नगर्ने हो भने अर्थतन्त्र चलायमान हुन नसक्ने उनले धारणा राखे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ माघ २०८२, १२ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नयाँ सरकारले निजी क्षेत्रमैत्री दीर्घकालीन नीति ल्याउनुपर्नेमा चन्द्रप्रसाद ढकालको जोड
‘पर्यटन प्रवर्द्धनमा लैंगीक संवेदनशील र लचिलोपन आवश्यक’ : चन्द्रप्रसाद ढकाल
सरकारले निजीक्षेत्रलाई सँगै नलगे अर्थतन्त्रले गति समात्दैनः चन्द्रप्रसाद ढकाल
‘जेन जेड आन्दोलनमा आगजनी, तोडफोड र लुटपाट गर्नेमाथि कारबाही होस्’: चन्द्रप्रसाद ढकाल
ढुक्क भएर लगानी गर्न अध्यक्ष ढकालको आग्रह
नेपालीलाई विदेशमा लगानी गर्न दिने निर्णय ऐतिहासिक : अध्यक्ष ढकाल