नयाँ सरकारले निजी क्षेत्रमैत्री दीर्घकालीन नीति ल्याउनुपर्नेमा चन्द्रप्रसाद ढकालको जोड

सफल खबर संवाददाता

विहीबार, २८ फागुन २०८२, १३ : ३४
नयाँ सरकारले निजी क्षेत्रमैत्री दीर्घकालीन नीति ल्याउनुपर्नेमा चन्द्रप्रसाद ढकालको जोड

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी सरकारले निजी क्षेत्रलाई सहयोग पुग्ने किसिमका स्थायी तथा दीर्घकालीन नीति निर्माण गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

काठमाडौँस्थित भृकुटीमण्डप मा बिहीबार आयोजित फार्मा एक्स्पो कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकमा स्थिर सरकार गठन हुने अवस्था देखिएकाले त्यसबाट स्पष्ट र दीर्घकालीन नीतिगत दिशा आउने अपेक्षा व्यक्त गरेका छन्।

हालै सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले दुई तिहाइ नजिकको बहुमत प्राप्त गरेको सन्दर्भ उल्लेख गर्दै उनले एकल दलको नेतृत्वमा सरकार गठन हुने सम्भावनाले नीतिगत स्थायित्वको अपेक्षा बढाएको बताए।

उनका अनुसार स्थिर सरकारको उपस्थितिले दीर्घकालीन आर्थिक नीतिहरू कार्यान्वयनमा ल्याउन सहज हुने र त्यसले निजी क्षेत्रका गतिविधि विस्तार गर्न सहयोग पुर्‍याउन सक्छ।

ढकालले निर्वाचनका क्रममा प्रस्तुत गरिएको वाचा पत्रमा उल्लेख गरिएका प्रतिबद्धताहरू कार्यान्वयनमा लैजान पनि सरकारलाई ध्यान दिन आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस