काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको पर्यटन क्षेत्रको विकासमा लैंगीक संवेदनशील, दिगो र लचिलो पर्यटन उद्यम प्रवर्द्धन आवश्यक भएको बताएका छन् ।
काठमाडौँमा आयोजित ‘लैंगीक उत्तरदायी, दिगो तथा उत्थानशील पर्यटन उद्यम प्रवर्द्धन’ विषयक उच्चस्तरीय नीतिगत संवाद कार्यक्रममा अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।
उनले नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्र रोजगारी सिर्जना, वैदेशिक मुद्रा आर्जन र स्थानीय जीविकोपार्जनमा महत्त्वपूर्ण आधार रहँदै आएको बताएका छन् ।
उनले होमस्टे, तथा समुदायमा आधारित पर्यटनका माध्यमबाट महिला उद्यमशीलता प्रवर्द्धन भइरहेको बताए । पर्यटन नेपालको अर्थतन्त्रको प्रमुख आधार रहेको र देशको आर्थिक विकासमा आन्तरिक तथा बाह्य दुवै पर्यटनको उत्तिकै योगदान रहेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ पुस २०८२, १६ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारले निजीक्षेत्रलाई सँगै नलगे अर्थतन्त्रले गति समात्दैनः चन्द्रप्रसाद ढकाल
‘जेन जेड आन्दोलनमा आगजनी, तोडफोड र लुटपाट गर्नेमाथि कारबाही होस्’: चन्द्रप्रसाद ढकाल
ढुक्क भएर लगानी गर्न अध्यक्ष ढकालको आग्रह
नेपालीलाई विदेशमा लगानी गर्न दिने निर्णय ऐतिहासिक : अध्यक्ष ढकाल
पर्यटन प्रवर्द्धनका लागि पूर्वाधारको विकास र कनेक्टिभिटी बढाउनुपर्छ : अध्यक्ष ढकाल
नयाँ चरणको आर्थिक सुधारका लागि संरचनात्मक परिवर्तन गर्नुपर्छ: चन्द्रप्रसाद ढकाल